‘हिन्दु राष्ट्र नै मुख्य एजेण्डा’ – राप्रपा
मङ्सिर २५ सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ ढंङगबाट अघि बढ्ने बताएको छ । उसले हिन्दु राष्ट्र नै मुख्य एजेण्डा भएको पनि बताएको छ । शनिबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पत्रकार सम्मेलन गर्दै पार्टी नयाँ ढंङगबाट अघि बढ्ने बताइएको हो । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढाले अहिले आफुहरु पार्टीको संङगठनको सुदृढीकरण गरेर अघि बढिरहेको बताए ।

यहि मंसिर २७ र २८ गते राप्रपाको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको छ । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेता राजेन्द्र लिङ्देल लगायतका नेताहरुको सहभागिता रहने राप्रपाले जनाएको छ । राप्रपा आफ्नो एजेण्डाबाट बाहिर नहटेको र फागुन ७ गते काठमाडौँबाट हिन्दु राज्यको लागि शान्ति पूर्वक आन्दोलन गर्ने पार्टीको योजना भएको राप्रपाले जनाएको छ ।
पछिल्लो समयमा राप्रपा एकता हुने फुट्ने गरेको प्रसंगलाई जोड्दै उनले राप्रपा अब कहिल्यै नफुट्ने गरि एकता हुने बताए । निर्वाचन पछि पार्टीले आफ्नो पराजयको कारण पत्ता लगाउँदै अबको चार वर्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी देशको पहिलो पार्टी बन्ने लक्ष्य लिएको राप्रपा कर्णाली प्रदेशले बताएको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्रपार्टीका प्रदश उपाध्यक्ष सुर्यबहादुर खत्री, कर्णाली प्रदेश सभा सदश्य शोसिला शाही लगायत अन्य नेताहरुको समेत सहभागिता रहेको थियो ।






