Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सुर्खेत उद्योग वाणिज्य संघमा लोकतान्त्रिक प्यानल विजयी

पौष २ मंसिर ।
उद्योग बाणिज्य संघ सुर्खेतको नयाँ कार्य समितिको लागि भएको निर्वाचनमा धन बहादुर रावत विजयी हुनुभएको छ । उहाँले ८१० मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी प्रकाश उप्रेतीले ७९३ मत प्राप्त गर्नुभएको छ । रावत लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा उम्मेदवार बन्नु भएको थियो भने उप्रेती संयुक्त व्यावसायी समूहका तर्फबाट अध्यक्षको उम्मेदवार बन्नुभएको थियो ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा हर्ष विक्रम खड्काले ७८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी बासुदेव शर्माले ७७४ प्राप्त गर्नुभएको छ । वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले ७७३ मत प्राप्त गरी विजयी प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी प्रवल शाहीले ७६४ मत प्राप्त गर्नुभएको छ । उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेतले ८०५ मत प्राप्त गरी विजयी हुनुभएको छ उहाँका प्रतिस्पर्धी हरि विष्टले ७२४ मत प्राप्त गर्नु भएको थियो । यसैगरी महिला उपाध्यक्षमा कृष्ण कुमारी थापाले ७६६ मत प्राप्त गरी विजयी गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी बसन्ती कुमारी बस्नेत –एकता)ले ७४७ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी महासचिवमा लक्ष्मण कंडेलले ७७८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी कलाधर उपाध्याय (केदार) ले ७४८ मत प्राप्त गर्नुभएको छ । कंडेल उपाध्याय भन्दा २२ मत बढी प्राप्त गरी विजयी हुनुभएको हो । कोषाध्यक्षमा भद्र भण्डारीले ८०६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी गोविन्द पाण्डेले ७३० मत प्राप्त गर्नुभएको छ । सचिवमा रामप्रसाद पाण्डेले ७६५ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी शिवराज जैसी (अधिकारी)ले ७५५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै सदस्यहरुमा रामप्रसाद जैसी (राजु)ले ८०८, प्रेमप्रसाद पाण्डेले ७९१, कपिलमणि सुवेदीले ७८४, रमेश बरालले ७८२, जनकबहादुर थापाले ७६८, हरिकुमार श्रेष्ठले ७६२, रामबहादुर गौतमले ७५४, दिपक खड्काले ७५१, सिंहराज बमले ७५१, तेजप्रसाद तिवारीले ७४०, प्रेमबहादुर रावतले ७३२ र भिमप्रसाद पौडेलले ७१८ मत ल्याएर विजयी हुनु भएको छ ।

महिला सदस्यमा टीकाकुमारी कंडेल (७१८) र लक्ष्मी कार्की (प्रधान) (७१८) विजयी हुनुभएको छ ।