Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

चार सय तीस लिटर घरेलु मदिरा नष्ट

पौष १६ सुर्खेत ।

वीरेन्द्रनगर स्थित नगर प्रहरीले चार सय तीस लिटर घरेलु मदिरा नष्ट गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नंं ५, ६ र ७ बाट बरामद गरिएको मदिरा वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष निलकण्ठ खनालको रोहबरमा नष्ट गरिएको हो ।


नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज अधिकारीका अनुसार २ सय ३० लिटर घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ र २ सय लिटर मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको हो ।


पछिल्लो समयमा सुर्खेतमा अवैध मदिरा विक्री वितरणलाई रोक्नका लागि प्रहरीले सक्रियता बढाएको छ । अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नगर्न नगराउन समेत प्रहरीले सबैलाई अनुरोध गरेको छ । २ सेट मदिरा उत्पादनमा प्रयोग हुने भाँडा समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।