केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक : अध्यक्ष राणा
पौष १६ काठमाडाैं
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गरेका छन् । राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको उल्लेख गरे । काठमाडौंमा सोमबार आयोजित एक साक्षात्कार कार्यक्रममा उनले कामै गर्न नसकेपछि सत्तारुढ दल नेकपाकै नेताहरुले सरकारको व्यापक आलोचना गरिरहेको बताए ।

राष्ट्रपति विद्या भण्डारीले थप सेवा र सुविधाको अपेक्षा गरेकोमा पनि राणाले असन्तुष्टि जनाए । राष्ट्रपतिलाई महंगो गाडी खरिद गर्ने, प्रहरी तालिम केन्द्रसम्म शितल निवासलाई विस्तार गर्ने सरकारको योजनाप्रति अध्यक्ष राणाले आपत्ति प्रकट गरे । राष्ट्रपतिले राजा, महाराजाको जस्तो सेवा, सुविधा खोज्नु गणतन्त्रका लागि सुहाउँदो विषय नभएको उनले स्पष्ट पारे ।
नयाँ पत्रिका






