दृष्टिविहीन र अपाङ्गता भएका विद्यार्थीलाई सहयोग
पौष १८ सुर्खेत ।
अमेरिकामा रहेकी समाजसेवी जयन्ती थापाले सुर्खेतको राकमस्थित बागेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन र अपागता भएका विद्यार्थीको लागि आर्थिक सहयोग गरेकी छन । दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतमार्फत उनले विद्यार्थीलाई २५ हजार रुपैया आर्थिक सहयोग गरेकी हुन । उक्त रकम बुधबार जयन्तीका बुवा धर्मजंग थापाले केन्द्रका अध्यक्ष शाक्य रकम हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरण गदै धर्मजंगले छोरीलाई समाज सेवामा थप सक्रिय हुन प्रेरित गर्ने सवैप्रति आभार व्यक्त गरे । समाजसेवी थापाले दिएको रकमबाट विद्यार्थीलाई सुत्ने तीन वटा खाट र डस्न किनेर हस्तान्तरण गर्ने शाक्यले बताए ।
चार जनासम्म विद्यार्थी सुत्न मिल्ने खाट निर्माण भैइसकेकोले दुई÷तीन दिन भित्रै अपाग छात्रबासलाई हस्तान्तरण गर्ने पनि उनले जानकारी दिए । रामकस्थित अपाग उत्थान केन्द्रको आग्रह र हेरिविचार केन्द्रको समन्वयमा समाजसेवी थापाले विद्यार्थीको लागि आर्थिक सहयोग गरेकी हुन । दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतमार्फत यसअघि पनि समाजसेवी थापाले सुर्खेत र जुम्लाका दृष्टिविहीन तथा अपागता भएका विद्यार्थीलाई आर्थिक सहयोग गरेकी थिइन । यसअघि दिएको २५ हजार रुपैयाबाट दृष्टिविहीन तथा अपागता भएका बिद्यार्थीलाई प्याड, क्रिकेट व्याड लगायतका सामाग्रीहरु किनेर हस्तान्तरण गरिएको केन्द्रका अध्यक्ष शाक्यले बताए ।
समाजसेवामा निकै सक्रिय थापाले ४० जना अनाथ बालबालिकाको लागि बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माणमा पनि आर्थिक सहयो गरेकी छन । उनले बालगृह निर्माणको लागि करिव १३ हजार रुपौया सहयोग गरेकी हुन ।






