Loading... आजः १० आश्विन २०८३, शनिबार । Saturday 26th September 2026

कारागारलाई किताब अभियानमा उपसमिति गठन हुने

पौष १९ सुर्खेत ।
विगत एक महिनादेखि प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहको संयोजकत्वमा शुरु भएको कारागारलाई किताब अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न कारागारलाई किताब अभियान उप समिति गठन गरिने भएको छ ।

Image may contain: 3 people, including Mahesh Bikram Shah and Yagya Khatri, people smiling, people sitting and indoor
कारागारलाई किताब अभियान समितिको बिहिबार सम्पन्न भएको बैठकले कर्णाली प्रदेशका १० वटै जिल्लामा जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा समिति निर्माण गर्ने निर्णय गरिएको हो । उक्त उप समितिले अभियानलाई थप प्रभाबकारी रुपमा सञ्चालन गर्नका लागि स्थानियस्तरबाट अभियान सञ्चालन गर्ने प्रदेश प्रहरी प्रमुख डीआईजी शाहको भनाई छ । महेश विक्रम शाह कर्णाली प्रदेशका १० वटा जिल्ला घुमेपछि कारागारमा किताबको आवश्यकता खड्किएको भन्दै डिआईजी शाहले सोही अनुसार कारागारमा उत्प्रेरणा, उत्साह दिने र जीवनबारे बुझाउने खालका पुस्तकहरू व्यवस्था गरिने बताउनु भयो ।

समुदाय प्रहरी साझेदारी अभियान अन्र्तगत कारागारका लागि किताब हस्तान्तरण गरिदिन आग्रह गर्दै सकारात्मक विषयवस्तु बोकेका किताब सहयोग गर्न अनुरोध समेत गर्नुभयो । महेश विक्रम शाह ‘किताब पढौं, जिवन बदलौ भन्ने मुल नाराका साथ सञ्चालित उक्त अभियानले कारागारमा रहेका कैदी तथा थुनुवाहरूलाई असल नागरिक बनाई समाजमा घुलमिल गराउने मद्दत पुग्ने बताउनु भयो । कैदीबन्दीहरूलाई समाजमा पुनःस्थापना गर्न पुस्तक अध्ययन नै सशक्त माध्यम रहेको भन्दै उहाँले यसबाट कैदीबन्दीहरूको समयको सदुपयोग पनि हुने उल्लेख गर्नु भयो ।