राप्रपा सुर्खेतले एकता दिवस तथा पृथ्वी जयन्ती मनाउदै
पौष २२,सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले पुष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने भएको छ ।

राप्रपा सुर्खेतको मासिक बैठकले एकता मनाउने निर्णय गरेको हो । राप्रपा सुर्खेतका जिल्ला अध्यक्ष मान ब. खड्काको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको लागी समिति तयार पारेको छ । बैठकले अशोक थापा को संयोजक मा १८ जनाको समिति बनाएको छ ।
यसैगरी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती आयोजक समितिमा सह-संयोजक मा प्रेम बिसी सहित १६ जना सदस्य गठन गरेको छ ।
बैठकमा सरकारले कटौती गरेको एकता दिवसको बिदाको घोर भर्सना गर्दै पौष २७ गते र्याली सहित भव्य रुपमा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।






