स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा सापकोटा
पौष २८ सुर्खेत ।
नेपाल स्वास्थ्य प्राविधिक संघ सुर्खेतको १० औं जिल्ला अधिवेशन शनिबार वीरेन्द्रनगर सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराम सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निवर्तमान अध्यक्ष बलराम खत्री, उपाध्यक्षमा चन्द्रकिरण थापा, उपाध्यक्षमा पूर्ण गैरे, सचिवमा प्रमोद ढकाल, कोषाध्यक्षमा कमल खड्का चयन भएका छन् ।
सदस्यहरुमा निशा रिजाल, ललित बहादुर शाही, तुल्सी बोहोरा, मदन तिमिल्सेना चयन भएका छन् । संघका अध्यक्ष बलराम खत्रीको अध्यक्षता एवं सामाजिक विकास मन्त्री दल रावलको प्रमुख आतिथ्यता, स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशी र सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख विर्ष बहादुर शाहीको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।






