Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

राप्रपाको वीरेन्द्रनगर ५ मा भण्डारी : मन्दिरलाई नगद सहयोग

माघ १९ सुर्खेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति यतिबेला वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाहरुमा संगठन विस्तारमा लागेको छ । जस अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ५ मा जगत भण्डारीको अध्यक्षमा वडा कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा देवीराम न्यौपाने सचिवमा मिलन गोतामे सहसचिवमा बालाराम देवकोटा कोषाध्यक्षमा भूमिदेवी गरन्जा र सदस्यहरुमा भूमिसरा भण्डारी, वीरेन्द्र शाही, काँशीराम गौली, हिरालाल रोकाय, भद्रीकुमारी राना, टोप बहादुर सिंजाली, धर्मराज ढंगाना, दान बहादुर रोकाय र हर्क बहादुर हमाल चयन हुनुभएको छ ।

यसैगरी पार्टीको वडा समिति गठन कार्यक्रममा इश्वर श्रेष्ठले २१ हजार, जनक सिंह ठकुरीले ११ हजार १ सय, भूपेन्द्रनाथ योगीले ११ हजार १ सय ५१, सूर्य खत्रीले ११ हजार, कमलदेव जिसीले ५ हजार र भद्र बहादुर शाहीले ५ हजार १ सय गरी ६४ हजार ३ सय ५१ रुपैया कालिका मन्दिरलाई नगद सहयोग गरेको र धर्मराज ढुंगानाले मन्दिरको प्रवेशद्धार निर्माण गरिसकेको जनाइएको छ ।

कार्यक्रममा भद्र बहादुर शाही, कर्ण गिरी र सूर्य बहादुर शाही, रामबहादुर रोकायलगायतको उपस्थिति रहेको थियो । पछिल्ले समयमा राप्रपाले हिन्दु जागरण अभियान समेत संचालन गरिरहेको छ ।