Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

कारागारलाई किताब अभियानमा

माघ २८ सुर्खेत ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको अभियानमा संचालन भइरहेको कारागारलाई किताब अभियानले तिब्रता पाएको छ । अभियानका संयोजक प्रहरी नायव महानिरीक्षक महेश बिक्रम शाहले दिएको जानकारी अनुसार अहिलेसम्म पाँच हजार किताब संकलन भइरहेका छन् भने किताब संकलन हुने क्रम जारी रहेको छ ।


कर्णाली प्रदेशमा रहेको सबै कारागारहरुमा यही २०७५ चैत्र २ गते एकसाथ कारागारमा किताब अभियान अन्तर्गत पुस्तकालयको उद्घाटन गर्ने तयारी भइरहेको अभियान मूल आयोजक समितिका संयोजक समेत रहनु भएका प्रहरी नायव महानिरीक्षक शाहले जानकारी दिनुभयो ।

कारागारमा किताब अभियानको मूल समितिको बैठकमै आज (सोमबार) नेपाल नबिल बैंक सुर्खेत शाखाका शाखा प्रबन्धक गोपी पाण्डेले १० हजार रुपैयाँको चेक हन्तान्तरण गर्नुभएको छ भने साहित्यकार कर्णबहादुर बोहोरा कबुले १० थान किताब हस्तान्तरण गर्नुभएको छ ।
प्रदेशका विभिन्न स्थानीय तहले पनि उक्त अभियानलाई सहयोग गर्ने प्रतिवद्धता यस अघि नै जनाइसकेका छन् । किताब तथा किताब किन्न नगद सहयोग गर्ने विभिन्न महानुभाव तथा संघसंस्थाहरुलाई पुस्तकालय उद्घाटनको क्रममा सम्मान गर्ने समेत निर्णय भएको प्रहरी नायव महानिरीक्षक शाहले क्वीकखबरलाई बताउनु भयो ।