Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

आज चुम्वन दिवस

भ्यालेन्टाईन डे को अघिल्लो दिन आज किस डे , किस डे मा आज हामी तपाँईलाई किस गर्नुको १० फाईदाहरुका बारेमा जानकारी दिन्छौं । किस गर्नाले स्वाभाविक रुपमा आनन्दको महसुस हुने बैज्ञानिक रिर्पोटहरुको दाबि छ । किस गर्नाले अक्सीटोसिन हर्मनको स्तरमा बृद्धि हुन्छ र यसले हाम्रो शरीरमा हुने अन्य हर्मनहरुलाई पनि बढाउँदै लैजान्छ । यसवाट पनि किस गर्दा आनन्दको महसुस गरीएको बताईन्छ । जव थुकको स्वापिङ बढ्दै जान्छ तब रोमान्टीक फिलिन्गस् बढ्दै जान्छ र भावनात्मक लगाव पनि बढ्दै जान्छ । किस गर्नाले मस्तिष्क र शरीरमा धेरै परिवर्तन आउने गर्छ र त्यो परिवर्तन सकारात्मक र राम्रो पनि मानिन्छ ।


१. किस गर्नाले तपाईको दिमागलाई क्लीक मिल्छ र दिमागमा केमीकल ककटेल हुनेछ । ह्यापी हर्मन बढ्दै जाँदा हल्का महसुस हुन्छ । अक्सीटोसिन , डोपोमेन र सेरोेटोनिन जस्ता हर्मनका कारण तपाँईमा एकदमै खुसी भएको महसुस हुने गर्दछ ।

२. अक्सीटोसिन हर्मनको काम बोन्डीङ मजबुत बनाउने गर्दछ । आफ्नो साथीसँगको किसिङले तपाँईको सम्वन्धलाई अझ प्रगाढ बनाउँछ ।

३. स्ट्रेस हर्मनलाई हटाउन पनि किसिङको भूमिका महत्वपूर्ण मानिन्छ । बन्डीङको साथमा भावनात्मक स्तरलाई पनि बढाउछ ।
४. मानसिक स्वास्थ्यमा पनि राम्रो किसिङले धेरै नै राम्रो बनाउने गर्दछ ।

५. शान्त र रिल्याक्सड्स महसुस गर्न पनि किसीङको आवश्यकता रहेको प्रतिवेदनहरुले जानकारी गराएको छ ।

६. शरीरमा हुने श्वासप्रश्वास सम्वन्धी समस्या हटाउन पनि चुम्वनको आवश्यकता रहन्छ ।

७. ब्लड भेसल्स पातलो हुनुका साथै ब्लड प्रेसरमा पनि सन्तुलन आउने गर्दछ ।

८. किसिङका कारण तपाँईको टाउको दुखाईको समस्या पनि हटेर जान्छ ।

९. रोग सँग लड्न सक्ने प्रतिरक्षा क्षमतामा पनि बृद्धि भएर जान्छ ।

१०. किसिङका कारण शरीरमा रहेको अनेकौं प्रकारका एलर्जीहरु हटेर जाने सम्भावना रहेर जान्छ ।