Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सुर्खेत उपत्यका खानेपानी देशभरकै उत्कृष्ट

 फागुन ३ सुर्खेेेत |

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशभरको उत्कृष्ट खानेपानी संस्था बनेको छ । प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बाजजुद् खानेपानीको संस्थागत सुधार र स्तर उन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएर उत्कृष्ट बनेको हो । नगर विकास कोषको आंशिक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रुपमा छनौट हुन सफल भएको हो  ।

कर्णाली प्रदेशको राजधानी भएसँगै सुर्खेत उपत्यका भित्र जनघनत्व बद्धि हुँदै गइरहेकोले पछिल्लो समयमा पानीको माग बढिरहेको छ । पानीको मागलाई मध्यनजर गरी भेर िनदीको पानीलाई समेत सुर्खेत उपत्यकामा ल्याउने योजना समेत बनिसकेको छ ।

कोषको ३१ औँ वार्षिक उत्सवको अवसरमा काठमाडौमा भएको कार्यक्रममा सहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संस्थाका अध्यक्ष कुलमणी देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदर पत्र प्रदान गर्नुभएको छ ।