Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

कर्णाली महोत्सव २०७५ उद्धघाट्न

फागुन ४, सुर्खेत ।

हिजो (शुक्रवार) देखि शुरु हुने भनिएको कर्णाली महोत्सव मौसमको प्रतिकुलताका कारण आज शनिबार उद्धघाट्न भएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले महोत्सव को उद्धघाट्न गरेका हुन । मौसम प्रतिकुल भएका कारण महोत्सव स्थल हिलाम्य भइरहेको छ ।

कर्णाली महोत्सव फागुन ११ गते सम्म चल्ने छ ।  उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य दिँदै आयोजक संस्थाका अध्यक्ष चिन्तामणी शर्माले कर्णाली प्रदेश समक्ष ११ बुँदे माग पत्र प्रस्तुत गरेका थिए । छन् । उनले यस प्रदेशको पर्यटन प्रवद्र्धन लगायतका विकासका लागि प्रदेश सरकारले खेल्नु पर्ने भूमिका खेल्नु पर्ने बताउँदै यस महोत्सवले रारा पर्यटन वर्षलाई समेत सघाउन पुग्ने बताए ।

महोत्सवमा आज गायिका पुर्णकला बिसि, हास्य कलाकार राजा राजेन्द्र लगायतले आफ्नो प्रस्तुती दिने सांस्कृतिक संयोजक भिम पौडेलले बताए । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकार मन्त्री, उद्योगी, व्यावसायी लगायतको उपस्थिति रहेको थियो ।