Loading... आजः २२ बैशाख २०८३, मंगलवार । Tuesday 5th May 2026
ताजा खबर
  

फुटबलको जीत सुर्खेतका पोल्टामा

फागुन १६ सुर्खेत |

सुर्खेत आठांै राष्ट्रिय खेलकुद छनोट अन्तरगत कर्णली प्रदेशको फुटबलको जीत सुर्खेतका पोल्टामा परेको छ । हिजो भएको फाईनलमा हुम्लालाई ४–२ गोल अन्तरले हराउदै सुर्खेत जित हात पार्न सफल भएको छ । निकै प्रतिष्पर्धात्मक भएको खेल निर्धारित समयमा पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।


वीरेन्द्रनगरको रगंशालामा भएको फाईनलमा धेरै समय बल आफ्नो नियन्त्रणमा लिएको सुर्खेत पटक–पटक गोल हान्ने अवसर पाएपनि जालि भने चुमाउन सकेन । यस्तै हुम्लाले पनि थुप्रै गोल गर्ने अवसर पाए पनि त्यसलाई सहि सदुपयोग गर्न नस्कदा हार भोग्नुप¥यो ।
ट्राइबेकरमा सुर्खेतका सुजन शाही, सुदिप गुरुङ, बिजयी शाही र धर्मेन्द्र शाहीले गोल गर्नुभयो । हुम्लाका करण रावत र राजकुमार रोकायले गोल गरेपनि चक्रबहादुर लामा र लक्ष्मण बोहारले गोल गर्न नसक्दा खेल हार्नुपर्यो । क्वाटरफाईनलमा जुम्लालाई हराएको सुर्खेत सेमिफाईनलमा कालिकोटलाई पराजित गर्दै फाईनल पुगेको थियो ।


लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाईनलमा मुगुलाई हराउदै फाईनल प्रबेश गरेको थियो । यस्तै आजै भएको अर्को खेलमा कालिकोटलाई हराउदै मुग तेस्रो स्थान हासिल गर्न सफल भएको छ । निर्धारित ९० मिनेटको समयभित्र दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइब्रेकरमा मुगुले कालिकोटलाई ३–१ गोल अन्तरले हराउदै तेस्रो स्थानमा आफ्नो नाम दर्ता हो । खेल सकिन केहि समय मात्र बाँकि रहँदा मुगुले पेनाल्टी पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल ट्राइब्रेकरमा धकेल्लिएको हो ।