Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

प्रशान्ती बृद्धाआश्रमलाई मुठ्ठीदान

फागुन १७, सुर्खेत ।

जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगरमा अध्ययनरत विद्यार्थीले प्रशान्ती बृद्धा आश्रमलाई मुठ्ठी दान गरेका छन् । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको अगुवाईमा विद्यार्थीले शुक्रबार बृद्धा आश्रममै पुगेर मुठ्ठी दानबाट संकलित सामाग्रीसँगै नगद दान गरेका हुन् । विद्यार्थीको पनि सामाजिक उत्तरदायित्व हुन्छ भन्ने भावनाले प्रेरित भएर मुठ्ठीदानबाट संकलित दुई क्विन्टल चामल, २० किलो आलु, १५ किलो दाल, ३ लिटर तेलसँगै नगदा ७ हजार रुपैयाँ बृद्धबृद्धालाई प्रदान गरिएको युवा रेडक्रस सर्कलका कार्यवाहक अध्यक्ष शंकर आचार्यले बताए ।

 

उनले अध्ययनसँगै सामाजिक गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाउन सर्कल मार्फत रचनात्मक तथा सृजनात्मक क्रियाकलाप भई रहने गरेको जनाए । युवा रेडक्रस सर्कलकै सदस्य विश्लेषा खनालले मानव सामाजिक प्राणि भएकाले समाजसँगको जीवन्त सम्पर्क विना जीवन अधुरो भएको बताईन् । उनले हरेक नागरिकले समाज रुपान्तरणका लागि यथाशक्य सामाजिक गतिविधिमा सहभागिता जनाइनु पर्नेमा जोड दिइन् ।

विद्यालयका प्राचार्य यामबहादुर श्रेष्ठले प्रशान्ती बृद्धाआश्रमको जन नमूना मावि आजिवन सदस्य रहेकाले विद्यायमा अध्ययनरत विद्यार्थीद्वारा समय—समयमा विभिन्न सहयोग गरिरहेको जिकिर गरे । विद्यालयका १ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीले मुठ्ठीदान कार्यक्रममा सहभागिता जनाएका थिए । मुठठीदान कार्यक्रम सफल बनाउन कक्षा ९, मा अध्ययनरत रुपबहादुर बुढाक्षेत्री, मदन थापा, समीर विसी र सृजना थापामगरले विशेष भूमिका निभाएको सर्कलका कार्यवाहक अध्यक्ष आचार्यले जानकारी दिए ।