प्रदेश १ र २ मा राप्रपा (संयुक्त) काे प्रदेश स्तरिय भेला हुदै
फागुन २१ काठमाडौँ |
राप्रपा(संयुक्त)ले प्रदेश १ र २ को प्रदेशस्तरिय भेलाको आयोजना गरेको छ । प्रदेश नं. १ को विराटनगरमा २१ गते र प्रदेश नं. २ जनकपुरमा २३ भेला हुनेभएको छ ।
सो भेलामा प्रदेश भित्र रहेका सबै जिल्ला,क्षेत्र र नगर कार्यसमितिका सदस्यहरुले भाग लिनेछन् । पार्टी एकताको सन्देश प्रभाव गर्न र आगामी पार्टीको रणनीति तय गर्न सो भेला फलदायी हुने सञ्चार समितिका सदस्य जनक राज पाठकले जानकारी दिए ।
उक्त भेलालाई पार्टी अध्यक्ष पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न बताइएको छ । पार्टीका केन्द्रिय नेताहरुले उक्त भेलालाई सम्बोधन गर्ने पाठकले बताए ।
यस्ता भेला सातै प्रदेशमा गरिने र सो पछि जिल्ला स्तरिय जागरण अभियान सञ्चालन गरिने पाठकले बताए । पार्टीले निकट समयमा गर्ने हिन्दु राष्ट्र स्थापनाको सडक आन्दोलनलाई बल पुर्याउन यस्ता भेला मार्फत जनचेतना बढाउन लागिएको हो ।
काठमाण्डु टुडेबाट







