Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

समाज सिर्जनशील बनाउन आवश्यक : प्रा. डा.सुवेदी

फागुन २८ सुर्खेत ।
रमा के. सी.
वर्तमान युवा पिंढीले उचित शिक्षा प्राप्त गर्न सकेको खण्डमा समाज सिर्जनशील बन्न सक्ने बताइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अतिथि प्राध्यापकको रुपमा शिक्षण गर्ने क्रममा प्रा.डा.अभि सुवेदीले यस्तो बताउनु भएको हो । उहाँले शिक्षणका क्रममा भन्नुभयो, ‘युवा पिंढीलाई उचित शिक्षा प्रदान गर्न सकिएन भने सक्षम र दक्ष जनशक्ति उत्पादन गर्न सम्भव छैन ।’


सिर्जनशीलताबाटै समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्नु पर्ने डा. सुवेदीको भनाई थियो । उहाँले मध्यपश्चिम विश्वविद्यालयमा शिक्षा संकाय समाज शास्त्र र अंग्रेजी शिक्षण समितिको पहलमा आयोजना गरेको मानवतावादी लेक्चर कार्यक्रमलाई संम्वोधन गर्नु भएको हो ।

कर्णाली प्रदेश कला संस्कृतिका क्षेत्रमा निकै सम्भाव्यता बोकेको प्रदेश भएकाले नयाँ तथा पूराना सिर्जनालाई पहिचान गर्न बनेको संस्था सहि ढङ्गले सञ्चालन गर्नुपर्ने उहाँको बुझाव थियो । उहाँले भन्नुभयो, ‘शासकले ठगेको देश विभिन्न खालका सिर्जनशीलताबाट बञ्चित भएको अवस्थामा पनि युवाको योगदानले देश विकासमा रूपान्तण हुनु जरुरी छ ।

अहिलेको पिढींको कर्तव्य भनेको इतिहासलाई चिनेर त्यसमा आधुनिकतालाई प्रयोग गर्दै शिक्षित समाज निर्माणमा जुट्न आवश्यक भएको प्रा. डा. सुवेदीले कथन थियो । अतिथि शिक्षण कार्यक्रममा सम्बन्धित क्याम्पसका प्रमुखहरु, उप–प्राध्यापकहरुको समेत उपस्थिति रहेको थियो ।