Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

प्रलेस कर्णालीमा वुढा

सुर्खेत

प्रगतिसिल लेखक संघ कर्णाली प्रदेशको पहिलो सम्मेलन सुर्खैतमा सम्पन्न भयको छ वामपन्थी विचारलाई समर्थन गर्ने लेखकहरुको वाक्लो उपस्थितिका विच प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष तथा सम्मेलनका प्रमुख अतिथि प्रगतिशील साहित्यकार ,चिन्तक,तथा लेखक रामप्रकाश पुरीले व्यानर पढेर उद्घाटन गर्नुभयको थियो ।

सरकारको प्रतिपक्षी लेखकहरुहरुले सहिलाई सहि र गलतलाई गलत भन्न हिच्किचाउन नहुने ,सरकार पक्षिय लेखक र प्रतिपक्षिय लेखक भनी विभाजित गर्ने र हुने कुरापनि नगर्न अाग्रह गर्नुभयको थियो समाज परिवर्तनका सम्वाहक प्रगतिसिल लेखकहरु प्रति देशका विभिन्न ठाउठाउमा सरकारले गरिरहेको धरपकट वन्दगर्न र गिरफ्तार गरियकालाइ तुरुन्त थुनामुक्त गर्नपनि अाग्रह गर्नुभयो ।

दमनले विचार मार्न नसकिने हुदा सान्तिपुर्ण तरिकाले समस्याको समाधान गर्न अाग्रह गर्नुभयो विचारमाथि दमनगरि,कलममाथि प्रतिवन्ध लगाउनु दुखत कुरा भयको उद्घाटन समारोहलाई सम्बोधनका क्रममा प्रमुख अतिथि पुरीले वताउनु भयो उद्घाटन समारोहमा प्रलेसले पुर्व माहासचिव जिवेन्द्रदेव गिरि राष्ट्रिय जनमोर्चा सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी कर्णाली वचाअौ अभियानका अध्यक्ष भरत वहादुर शाहि,अखिल (छैठौं )का केन्द्रीय कोषाध्यक्ष हस्तराज रेग्मी ले पनि सम्मेलन सफलताको शुभकामना दिनुभयको थियो भने वरिष्ठ साहित्यकार ,समालोचक डा दिपक गौतमको अध्यक्षता र जगत वासिष्टले उद्घाटन समारोहको सञ्चालन गर्नुभयको थियो ।

उद्घाटन समारोह पश्चात् चलेको वन्दसत्रले गिरी प्रसाद वुढाको अध्यक्षतामा २५सदस्यीय प्रगतिसिल लेखकसंघ कर्णाली प्रदेश समिति गठक गरियको छ वसको उपाध्यक्षमा युद्ध विक्रम शाहि,सीता यरी,सचिवमा हरिलाल महत्तरा,सहसचिवमा धिरेन्द्र थापा ,कोषाध्यक्षमा विष्णु महत्तरा र सदस्यहरुमा पुर्ण वहादुर शाहि,अज वहादुर गिरी,हस्तराज रेग्मी ,प्रकाश अाचार्य ,भरत प्रमोद दाहल ,टीका पोख्रेललगायत रहेछन |