Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

विश्वविद्यालयमा गाडियो कालो झण्डा

चैत्र १८ सुर्खेत ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीले कालो झण्डा गाडेका छन् । तोकिएको समयमा निर्वाचन गराउन माग राख्दै नेपाल विद्यार्थी संघको अगुवाईमा विद्यार्थीले विश्वविद्यालयमा कालो झण्डा गाडेका हुन् । विश्वविद्यालयले यस अघि चैत्र २५ गते निर्वाचन मिति तोकेको थियो ।

नेविसंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम बमोजिम आज विश्वविद्यालय केन्द्रिय क्याम्पस, शिक्षा विज्ञान क्याम्पस, मानविकी क्याम्पस, ईन्जिनियरिङ्ग क्याम्पस, व्वस्थापन क्याम्पस, विज्ञान क्याम्पस लगायतका विभिन्न संकाय कार्यलयमा कालो झण्डा गाडिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य अनिल बहादुर शाहीले दुल्लू खबरलाई जानकारि दिए ।

Image may contain: one or more people, people standing, sky and outdoor