Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

कर्णाली एघार समूह केपीएलको सेमीफार्इनलमा प्रवेस

 

वैशाख १६ सुर्खेत |

आयोजक कर्णाली एघार समूह विजेता बन्दै सुर्खेतको बीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग केपीएलको सेमीफार्इनलमा प्रवेस गरेको छ।

समूह ए को आफ्नो अन्तिम खेलमा कर्णालीले उपाधि दाबेदार मानिएको विभागिय टोली आर्मीलार्इ ११ रनले हराउँदै समूह बिजेता बन्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो।

१५७ रनको लक्ष्य पाएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो दिएको छ।

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीकालागि कप्तान बिनोद भन्डारीले ४२ बलमा एक छक्का र ९ चौंका सहित ५५ रनको अर्धशतिक पारी खेल्नु भयो भने हरि बहादुर चौहानले ३८ रन जोड्नु भयो।

कर्णालीका कप्तान रबिन्द्रजंग शाही  र कृष्ण कार्कीले  समान तीन तीन विकेट लिनुभयो।

टस जितेर ब्याटीङ गरेको घरेलु टोलीले लोकेश बमको ३० बलमा दुर्इ छक्का र ६ चौंका सहित ५० रनको अर्धशतकिय पारीसंगै सात विकेट गुमाएर १५६ रन बनाएको हो ।

कर्णाली एघारका प्रदिप रसार्इलीले ३४ जितेन्द्र सिंह ठकुरीले ३० रन बनाउँदा कप्तान रबिन्द्र शाहीले २३ रन जोड्नु भयो ।

विभागिय टोली आर्मीकालागि सुसन भारीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा मात्र १६रन दिएर पाँच विकेट हात पार्नुभयो।

लगातार तीन जित हात पारेको कर्णाली एघारले पहिलो खेलमा लालीगुराँस क्रिकेट एकेडमी र दोस्रो खेलमा मध्यपश्चिम क्रिकेट कल्ब बाँकेलार्इ हराएको हो।

यो समूहबाट आर्मी र मध्यपश्चिम क्रिकेट क्बल बिचको बिजेता उपविजेताका रुपमा सेमीफार्इनल पुग्नेछ।

यस्तै महेन्द्रनगर क्रिकेट एकेडमीले पहिलो जित दर्ता गरेको छ भने हिमालय एकेडमीले लगातार दोस्रो हार भोगेको छ।

पहिलो खेल गुमाएको महेन्द्रनगरले आज हिमालय एकेडमीलार्इ पाँच रनले हराउँदै अंक तालिकामा खाता खोलेको हो ।

१५२ रनको पाएको हिमालय एकेडमीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

हिमालयका ५० रनको अर्धशतकिय पारी र दिपेन्द्र ऐरीले २९ रन बनाएपनि टोलीको हार टार्न सक्नुभएन ।

महेन्द्रनगरका बिक्रम ठगुन्ना र आकाश चन्द्रले समान दुर्इ दुर्इ विकेट हात पार्नु भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ‍ओभरमा पाँच विकेट गुमाएर १५१ रन बनाएको हो ।

महेन्द्रनगरकालागि किरण ठगुन्नाले ४१ र दिनेश आग्रीले ३३ रनको योगदान दिनुभयो भने हिमालयनका शरद खड्काले दुर्इ विकेट हात पार्नुभयो।

 

 

सर्खेत जिल्ला फुटबल संघले १३ वर्षमुनीका राष्ट्रिय फुटबल खेलाडी छनौट गरेको छ।

छनौट हुनेमा सुर्खेतका चिरन कार्की, अभिषेक बम र मनोज थापा रहेको सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिनुभयो।

आधारभूत तहदेखि नै फुटबलको विकास गर्न सानै उमेरदेखि फुटबल प्रशिक्षण दिई युवा उमेर समूहको टीम बनाउने उद्देश्यले खेलाडीको छनौट गरिएको महासचिव कार्कीले जानकारी दिनुभयो।

उनिहरुलाइ आवासीय रुपमा राखेर पढाई लेखाइसंगै फुटबल प्रशिक्षणको व्यवस्था पनि एन्फाले गर्ने छ।

 

 

इण्डियन प्रिमियर लिगमा आइपियल किक्रेटमा आज एक खेल हुने भएको छ।

हैदराबादमा राति सवा ८ बजेहुनेखेलमा घरेलुटोली सनरार्इजर्स हैदराबाद र किग्स र्इलाभेन पञ्जाब भिड्ने भएका छन।

११ खेलखेलको हैदराबाद १० अंकका साथ चौथो स्थानमा छ भने ११ खेलनै खेलेको पञ्जाब रनरेटका आधारमा १०  अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ।

यस्तै गएराति भएको खेलमा दिल्ली प्लेअफमा उक्लिएको छ।

दिल्लीले रोयल च्यालेन्सर बैंग्लोरलाई १७ रनले हराउँदै प्लेअफमा उक्लिएको हो।

सन् २०१२ पछि दिल्ली पहिलोपटक प्लेअफमा पुग्न सफल भएको हो।

टस जितेर पहिला ब्याटिङ रोजेको दिल्ली २० ओभरमा पाँच विकेट गुमाउँदै बैंग्लोरसामू १८८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोर २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रनमा समेटियो।

दिल्लीका लागि श्रेयस अय्यरले सर्वाधिक ५२ रन जोड्दा शिखर धवनले अर्धसतक पूरा गर्नुभयो।

यस्तै गएरातिनै भएको अर्कोखेलमा  कोलकाता नाइटराइडर्सले मुम्बर्इ इन्डियनसलार्इ ३४ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा दुई विकेट गुमाउँदै दुई सय ३२ रन बनायो।

कोलकत्ताका आन्द्रे रसेलले ४० बलमा ६ चौका र ८ छक्काको मद्दतमा ८० रन बनाउदाँ सुभंम गिलले ७६ तथा क्रिस लियोनले ५४ रनको योगदान दिनुभयो।

जित संगै कोलकताले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।

१२ खेलबाट कोलकताले १० अंक जोडेको छ भने अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ। समान अंक भएपनि कोलकता रनरेटमा सनराइजर्स हैदरावादभन्दा पछि छ।

तर १० अंक नै जोडेको राजस्थान र पञ्जावलाई भने पछि पारेको छ।