Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

पत्रकारलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाही पक्राउ

सुर्खेत १५ ज्येष्ठ |

पत्रकारलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिने एक व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जुम्लाका ज्ञानेन्द्र शाहीलाई बुधबार पक्राउ गरिएको हो । सुर्खेतको खुला मञ्चबाट पक्राउ गरिएको हो । उनले सुर्खेतको खुलामञ्चमा नागरिक समाजको तर्फबाट भन्दै भाषण गरेका थिए । उनलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीलाई समेत हात छोडेका थिए ।

शाहीले गत वैशाख १८ गते आफनो पत्रकार सम्मेलनमा नआएको भन्दै सुर्खेत र कर्णालीका पत्रकारलाई गालीगलौज गर्दै भिडियो पोष्ट गरेका थिए । त्यसको २ दिनपछि उनले आप्mनो फेसबुक लाइभमा थप अपशव्द प्रयोग गर्दै पत्रकारलाई भ्रष्टाचारीको मतियार भएको आरोप लगाएका थिए । शाहीविरुद्ध नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष गणेश कन्चन भारती र कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा थापाले प्रहरीमा जाहेरी दिएका थिए । शाही पक्राउ परे लगतै साईबर क्राईम अन्तर्गत कारबाहिका लागि काठमाडौ पठाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप छेत्रीले बताए ।