Loading... आजः २५ असार २०८३, बिहीबार । Thursday 9th July 2026
ताजा खबर
  

कवि तथा कलाकार रमेश पौडेलसंग सिर्जनात्मक भेट

धनकुटा ।

धनकुटाका सर्जकहरूको संस्था मिसन पोयट्रीमा कवि तथा कलाकार रमेश पौडेलले आफ्ना विचार तथा काव्य भाव प्रस्तुत गरेका छन् । शनिबार धनकुटामा पत्रकार महासंघको सभा हलमा आयोजित कार्यक्रममा कवि तथा कलाकार पौडेलले आफ्नो तीन दशकको साहित्य, कला र पत्रकारिता जीवनको अनुभव सुनाए ।

‘मिसन पोयट्री’मा सुनिए कवि रमेश पौडेल

कार्यक्रममा कवि पौडेलले आफ्ना कविता, गीत र मुक्तक पनि वाचन गरेर सुनाए । उक्त अवसरमा नरेन्द्र कश्चित, घनश्याम औलाली, सञ्जय सयन, कविन तुम्वापो, गोपाल भण्डारी, टीका थोक्लेन, यानिन्द्र तिगेला, सन्देश तुम्वापो, श्रीमान खजुम, प्रज्वल पुकार, द्वारिका रिजाल, भूषण श्रेष्ठ, देवकला कार्की, ठगिनकुमार राई, निर्मला कुँवर, दिलदुखी जन्तरे, सन्तोष सुवेदी, अनन्त अनुराग, मुकुन्द प्रयाश, बी.बी. लामालगायतले आफ्ना रचना वाचन गरे । कार्यक्रममा गायक कलाकारहरू जुनी खालिङ र तुलाराम राईले गीत गाएर सुनाए ।

बारखरी