असारको दोस्रो साता भित्रै एकता टुङ्गीन्छः कृष्ण जिसी
सुर्खेत|
असारको दोस्रो साता भित्र स्थानीय तहसम्मै पार्टी एकिकरण टुङ्गीने नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र)ले बताएका छन् ।जिल्लामा पार्टी एकता भएपछि नेता कार्यकर्तालाई कुन जिम्मेवारी दिने भन्ने विषयमा अहिले पार्टीभित्र छलफल र बहस भैरहेको जिसीले बताए । जिसीले स्थानीय स्तरसम्म २ पार्टी बिचको भावनात्मक एकता भैसकेको बताउदै गर्दै असार १५ भित्र तल्लो तहसम्मकै एकता टुंगो लाग्ने दावी गरे ।
पार्टी एकतामा बिवाद नभएको भन्दै जिसीले दुई पार्टीका आफ्ना आफ्ना अभ्यासलाई एउटा विधिमा एकिकृत गर्दा केहि समय लाग्ने भएकाले कही ढिला भएको बताए । उनले सम्रग कर्णाली र सुर्खेतमा एकतामा कुनै किसीमको विवाद नभएको बताए । पार्टीको विद्यानले व्यवस्था गरे बमोजिम सबै कार्यकतालाई केहि न केहि जिम्मेवारी प्रदान गर्ने उनको भनाई छ । जिसीले आफ्नो पार्टीको दुईतिहाई बहुमत प्राप्त सरकार भएकाले सरकारका राम्रा कार्यहरुको सबै जनता सामु पु¥याउनु पर्नेमा जोड दिए ।
उनले भने ‘पार्टीलाई सरकारको अभिन्न अगंको रुपमा लिनुपर्छ, तर कहिले काँही सरकारकले गल्ती गर्दा सच्याउने बलियो माध्याम पनि पार्टी हुन्छ, र रचनात्मक आलोचना पनि गर्नु पर्छ,’ उनले थपे, ‘आफ्नो पार्टीको सरकार छ,जे भएपनि राम्रौ भन्नुपर्छ, आलोचना गर्नुहुदैन भन्ने जुन दृष्टिकोण छ, त्यसमा हामी सहमतत हुनै सक्दैनौ ।’
सत्तालाई रुपान्तरण गर्ने कार्य कम्युनिष्टको सिद्धान्त हो भन्दै जिसीले सरकारका नराम्रा कार्यहरुको खबरदारी गर्नुपर्ने बताए । ‘पार्टीले सरकार संग सह
योग र खबरदारीको द्धन्दात्मक अन्तरसम्बन्ध कायम गरे मात्र कम्युनिष्ट पार्टी जिवित रहन्छ ।’ उनले भने । पार्टी एकिकरणमा केहि ढिलाई भएका कारण जनतासमक्ष पुग्न नसकेको भन्दै उनले प्रदेश कमिटिको बैठक समेत बसिसकेकाले जनता पार्टी र सरकारबिचको सम्बन्ध सुदृढ हुनेमा विश्वास गरे । जिसी नेकपा सुर्खेतका ईमान्दार र कर्तव्यनिष्ठ नेताका रुपमा युवा पुस्तामा लोकप्रीय छन् ।






