Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

उठेन पत्रकार गेलाङ्गको शब

३० जेठ, सुर्खेत । हिजो टिप्परको ठक्करबाट ज्यान गुमाउनु भएका नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सुर्खेत शाखा संस्थापक अध्यक्ष नन्दबहादुर गेलाङ्गको मृत्युको क्षतिपूर्तिको विषयलाई लिएर छिन्चु बजारमा पिडित पक्षद्वारा शान्तिपूर्ण आन्दोलन शुरु गरिएको छ ।

उचित क्षतिपूर्तिकालागि आज छिन्चुमा भएको वार्ता विना निष्कर्षमा टुङ्गिएपछि आन्दोलन शुरु भएको हो । मृतक गेलाङ्गका आफन्तहरुले गेलाङ्गका बालबालिकाको भरणपोषणकालागि ३० लाख क्षतिपूर्तिको माग गरेपछी वार्तामा टिप्पर धनीका तर्फबाट मध्यपश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी संघका अध्यक्ष प्रकाश अधिकारीले क्षतीपूर्तिका लागि जोखिम नलिने बताएपछि वार्ता विना निष्कर्ष टुंगिएको हाम्रा सहकर्मी मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

यसैविच पत्रकार नन्दबहादुर गेलाङ्गको निधनप्रति लेकवेशी नगरपालिकाले शोक व्यक्त गरेको छ । नगरपालिकाको विहीवार कल्याणमा नगरप्रमुख गगनसिंह सुनारको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको आकस्मिक बैठकले लेकबेशी—७, निवासी गेलाङ्गको निधनबाट नगरपालिकालाई पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बैठकले ठहर गर्दै घटनाका दोषीलाई हदैसम्मको कारवाहीसहित उचित क्ष्तिपूर्ति उपलब्ध गराउन सम्बन्धित पक्षसँग माग गरेको हो ।

Image may contain: 3 people, crowd and outdoor

पत्रकार गेलाङ्गको निधनप्रति नगरप्रमुख सुनारले नगरपालिकाले पत्रकार जगतको उज्जवल तारालाई गुमाउनु परेको प्रति दुःख व्यक्त गर्नुभयो । उहाँले घटनाको सत्यतथ्य जाँचबुझ गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित पक्षसँग माग राख्नुभएको छ ।

Image may contain: fire and outdoor