Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

पीडित परिवारसँग सहमति पत्रकार गेलाङ्गको पोष्टमार्टम हुने

सुर्खेत
टिप्परको ठक्करबाट ज्यान गुमाएका पत्रकार नन्द बहादुर गेलाङ्गको शबको पोष्टमार्टम हुने भएको छ । पीडित परिवारसँगको छलफलमा पोष्टमार्टम गर्ने सहमति भएको हो । गेलाङ्गले चलाइरहेको मोटरसाइकललाई ठक्कर दिने टिप्परलाई छोड्दा पीडित परिवारलाई जानकारी दिएर छोड्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र राहतका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने, मृतकका बालबालिकाहरुको निःशुल्क शिक्षाका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायमा सिफारिस गर्ने, विभिन्न संघसंस्था तथा प्रतिष्ठानहरुसँग सामुहिक रुपमा आर्थिक सहयोगको लागि पहल गर्ने जस्ता सहमति भएपछि गेलाङ्गको शब पोष्टमार्टमका लागि तयारी भइरहेको बताइएको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह(सचिव रहेका गेलाङलाई भेरीगंगा नगरपालिका ८ लोदेमा बा ५ ख १६८३ नम्वरको टिपरले ठक्कर दिएको हो । समाचार संकलनको क्रममा छिन्चुबाट मेहेलकुना तर्फ जाँदै गरेका ३५ बर्षिया पत्रकार गेलाङ लेकबेसी नगरपालिका ७ कल्यान निवासी हुन् ।

उनको शबलाई भोली (शनिबार) चिङ्गाडको गंगटे खोलामा अन्तिम दाहसंस्कार गरिने जनाइएको छ ।

 

 

No photo description available.