Loading... आजः १६ बैशाख २०८३, बुधबार । Wednesday 29th April 2026
ताजा खबर
  

विश्व नेपाली साहित्य महासंघको नयाँ नेतृत्व चयन : अध्यक्षमा लिम्बु

सुर्खेत ।
विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समितिको नयाँ नेतृत्व चयन भएको छ । सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समितिको चयन भएको निर्वाचन समिति संयोजक डा. कृष्णप्रकाश श्रेष्ठले जानकारी दिनु भयो । केन्द्रिय समितिका पदाधिकारी तथा केन्द्रिय समिति सदस्यहरुमा एक भन्दा बढि उम्मेदवारी नपरेका कारण समिति सर्वसम्मत चयन भएको संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।

नव निर्वाचित अध्यक्ष सुरेन्द्र परदेशी लिम्बु

समितिको भानु जयन्ती २०६७ संरक्षक रहेको यस समितिको वरिष्ठ उपाध्यक्षमा डा लेखनाथ काफ्ले (ताईवान), उपाध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका,) सावित्रा लुइँटेल घिमिरे (इजरायल) महासचिव केदार संकेत (अफगानिस्तान), सचिव सुनिता राई कन्दङ्वा (इजरायल), आर्थिक सचिव खगेन्द्र अधिकारी ‘अमृत’ (नेपाल), संगठन सचिव हरि सिवाकोटी (क्यानडा), साहित्य संचार संयोजक रमेश कँडेल (नेपाल) रहनु भएको छ । यसैगरि केन्द्रिय सदस्यहरुमा विजय हितान मगर (युके), राहुल राई बोगिको (मणिपुर), लक्ष्मण न्यौपाने (म्यान्मा), आर. एल. श्रमजीवी (बेल्जियम), मोहनराज खनाल (म्यान्मा), कल्पना पौडेल (नेपाल), दिलिप राई सगर (मलेसिया), अमित चाम्लिङ (कुवेत), बगाले क्षेत्री (साउदी), के बी पौडेल (नेपाल), नवराज पोख्रेल (रोमानिया), ममता तामाङ (भुटान/अमेरिका) र भुवन रोका (जापान) रहनु भएको छ ।
यसैगरि विश्व केन्द्रिय समितिको सल्लाहकारमा कृष्णप्रकाश श्रेष्ठ (रसिया), प्रा. डा. भीम खतिवडा (नेपाल), प्रा. डा. कविता लामा (भारत), डा. मधु माधुर्य (अमेरिका), विश्वासदीप तिगेला (बु्रनाई) र सागर श्रेष्ठ (नेपाल) रहेको निर्वाचन समिति संयोजक डा. श्रेष्ठले जानकारी दिनु भयो ।

महासंघमा उदाउँदो तारा साहित्य समाज, पेनाङ मलेसिया, अनलाईन नेपाली साहित्य मञ्च, ब्रुनाई/ वेलायत, नेपाली साहित्य प्रतिष्ठान, हङकङ, सर्वदा वाङमय साहित्य प्रतिष्ठान, युएई, प्रवासी नेपाली साहित्य समाज, वेलायत÷ बू्नाई संस्थाहरू सम्बद्ध रहेका छन् ।

 

नव निर्वाचित विश्व केन्द्रिय समितिका अध्यक्ष सुरेन्द्र परदेशी लिम्बुले निर्वाचन समितिको सम्पूर्ण सदस्यहरु साथै महासंघको नयाँ समिति निर्माण गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु हुने महानुभावहरुलाई आभार प्रकट गर्नुभएको छ । साथै उहाँले निवर्तमान समितिमा रहनु भएका साथीहरु वहाँहरुको योगदानको उच्च सम्मान गर्दै हामी आधिकारिक विदाई गर्ने योजना समेत बनाइसकेको बताउनु भयो । महासंघको नयाँ समितिमा निर्वाचित हुनु हुने पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

नव निर्वाचित समितिका पदाधिकारी तथा केन्द्रिय सदस्यहरुलाई एक साहित्यिक कार्यक्रमको आयोजना भानु जयन्तिकै दिन (असार २९) मा पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कार्यक्रम रहेको निर्वाचन समिति संयोजक डा. श्रेष्ठले बताउनु भयो ।
विश्व नेपाली साहित्य महासंघको यस विश्व केन्द्रिय समिति २०१९–२०२२ सम्म कार्यभार सम्हाल्ने छ ।