Loading... आजः १५ बैशाख २०८३, मंगलवार । Tuesday 28th April 2026
ताजा खबर
  

मानव जीवनको चुनौतीसँग जुध्न सक्ने अस्त्र शिक्षा नै हो : मुख्यमन्त्री शाही

सुर्खेत। 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानवजातिको विकास शिक्षाकै जगमा भएको बताउनुभयो । मुख्यमन्त्री शाहीले मानव जीवनको हरेक चुनौतीसँग जुध्न सक्ने मुख्य अस्त्र नै शिक्षा भएको भन्दै शिक्षाको विकास विना समाज विकास नहुने दावी गर्नुभयो ।

उहाँले मध्यपश्चिमान्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट ९मुसोम० द्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित अन्तर्राष्ट्रिय ब्यबसायिक सम्मेलनलाई समुद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सबैखाले असमानता हटाउन र गरिवी घटाउन तथा राज्यसत्ताको मूल प्रवाहमा नागरिकलाई ल्याउनका लागि ठूलो त्याग र बलिदानबाट संघीय संरचना खडा गरेको बताउनुभयो । कयौं प्रतिकूलताका बाबजुद पनि रोग,भोक र अभावले पिल्सिएको कर्णाली प्रदेश जस्तो दूरदराज सम्म शिक्षाको ज्योति फैलाउनका लागि उपकुलपति प्रा‍‍‍‍‍. डा. कोइरालाले गरेको उल्लेखनीय योगदानलाई इतिहासले उच्च सम्मान गर्ने बताउनुभयो ।

उहाँले विश्वविद्यालय कर्णाली प्रदेशको ब्रेन भएकाले यसले यस यस क्षेत्रका जनसमुदायलाई सही मार्गमा डोर्याउनुपर्ने भूमिकालाई हमेशा आत्मसात् गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले विश्वविधालयका लागि भरपूर सहयोग समेत हुने बचनबद्धता ब्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, पाकिस्तान,अमेरिका स्थित विभिन्न विश्वविद्यालयका विषय विज्ञहरुद्वारा झन्डै ६५ वटा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।

सम्मेलनमा आयोजक मध्यपश्चिमान्चल विश्वविद्यालय लगायत नेपाल( भारतका विभिन्न विश्वविद्यालयहरुबाट ब्यबस्थापनसँग सम्बन्धित बहुआयामिक विषयका प्राज्ञहरु सहभागी हुनुहुन्छ । मध्यपश्चिमान्चल विश्वविधालयका उपकुलपति एवं मुसोम संचालक परिषद्का अध्यक्ष प्रा.डा.उपेन्द्रकुमार कोइरालाको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यबस्थापन संकायका डीन तथा संचालक परिषद् सदस्य डा.मस्तबहादुर गरंजा र उद्घोषण मुसोमका कार्यक्रम निर्देशक डा. नारायण प्रसाद पौडेलले गर्नुभएको थियो ।