Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

जनमाविमा बृक्षारोपण

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको जन माध्यमिक विद्यालयमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइराला, प्रधानाध्यापक यामबहादुर श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष बिमल नेपाली, शिक्षक, विद्यार्थीहरु लगायतले बृक्षारोपण गरेका थिए ।


विद्यालयलाई हरियालमैत्री बनाउने अभियान अन्तर्गत बृक्षारोपण गरिएको वडा अध्यक्ष मोतिप्रसाद कंडेलको भनाई छ । १ सय ५० वटा तेजपत्ताका विरुवाहरु रोपिएका छन् । बृक्षारोपण कार्यक्रममा वडाअध्यक्ष कंडेलले बृक्षारोपण गर्नु मात्र ठूलो कुरा नभइ रोपिएका विरुवाहरुलाई जगेर्ना गर्नु अझ महत्वपूर्ण भएको बताएका छन् । उनले भने, ‘विरुवा लगाएर छोडिदिनु भनेको त्यसलाई अलपत्र पार्नु हो त्यसैले त्यसको जगेर्ना गरेर त्यसलाई हुर्काउनु सफलता हो ।’


तेजपत्ता आफैमा अनेकन रोगको औषधी हुने भएकोले यसले मानव स्वास्थ्यमा समेत फाइदा पु¥याउँछ । बृक्षारोपण कार्यक्रममा विव्यस अध्यक्ष गोविन्द बहादुर कोइरालाले भने, ‘हामी जुन कार्य गर्छौ त्यसलाई अधुरो रहन दिँदैनौ त्यसैले बृक्षारोपण गरिएका विरुवा जगेर्ना गर्ने हाम्रै कर्तव्य भएकोले यी विरुवाहरुलाई हुर्काउने कार्यमा विद्यालय परिवार तल्लिन रहनेछ ।’ जन माध्यमिक विद्यालय सुर्खेतको नमुना विद्यालय पनि भएकोले वातावरण मैत्रीमा पनि नमुना बनेर देखाउने उनको भनाई थियो ।