Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

चट्टान फोडेर निकालिएको बिजुली मुख्यमन्त्रीद्धारा उद्धघाटन्

कालिकोट

कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकामा निकालिएको जलविद्युत आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्धघाटन गरेका छन् ।

पचाल झरना गाउँपालिका वडा न. ७ मा चट्टान फोडेर निकालिएको ८५ किलोवाट क्षेमताको लाफागाड जलविद्युत आयोजनाको मुख्यमन्त्रीले आज एक कार्यक्रमका विच उद्धघाटन गरेका हुन् ।

कर्णाली प्रदेशकै विकट जिल्ला कालिकोट त्यसैमाथीको दुर्गम स्थान पचाल झरना गाउँपालिकामा करिब तिन वर्ष देखी सुरुगरिएको आयोजनावाट बिजुली बत्ती बल्दा स्थानिय जनता हर्षित बनेका छन् ।

 

विद्युतको क्षेत्रमा पछि परेको कर्णाली प्रदेशमा साना तथा मझौला विद्युत उत्पादन गृहले केही हदसम्म भएपनि सहयोग गर्दै आइरहेका छन् । यस्ता साना विद्युत उत्पादन गृहको निर्माण, संरक्षण र सम्वद्र्धन हुन सकेमा कर्णाली अध्यारोमा बस्नु पर्ने थिएन ।