एकानको अध्यक्षमा नेपाली
सुर्खेत ।
एडुकेट कर्णाली नेपाल ‘इकान’को अध्यक्षमा मन वीर नेपाली चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको प्रथम साधारणसभाले नेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा एमुना नेपाली चयन भएकी छन् ।

यस्तै महासचिव भरत कुमार पन्त, कोषाध्यक्षमा सुन्दर कुमार पन्त र सचिवमा मिलन पन्त चयन भएका छन् । यस्तै कार्यसमिति सदस्यमा भुपेन्द्र प्रसाद अधिकारी, हुम बहादुर थापा, लक्ष्मी रानाभाट, फुलबसिया चौधरी, कौशिला लामिछाने र किरण किशोर पन्त चयन भएका छन ।
नयाँ कार्यसमितिलाई शनिबार नै सपथ ग्रहण गराइएको छ । निर्वाचन समितिका संयोजक लक्ष्मी प्रसाद वास्तोलाले नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।






