कानून संसोधन गरेर अघि बढौँ – मन्त्री भण्डारी
सुर्खेत ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कानुन कार्यान्वयनमा समस्या देखिए त्यसलाई संसोधन गरेर अघि बढ्ने बताएका छन् । साथै उनले कानुन राम्रो मात्रै नभएर त्यसको बैज्ञानिक तरिकाले प्रयोगमा जोड दिनुपर्ने बताए ।
बुधबार कर्णाली प्रदेश प्रहरी कार्यालयले फौजदारी संहिता कार्यान्वयनको प्रभावकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
‘विगतका बर्षहरुमा कानुन कार्यान्वयन नहुँदा व्यवस्था नै परिवर्तन भयो ।’ उनले भने, ‘अहिले पनी कानुन कार्यान्यन गर्न नसक्दा व्यवस्था नै परिवर्तन हुने खतरा छ । त्यसैले कानुन कार्यान्यनमा जोड दिउँ । असहजतालाई छलफल गरेर सहज बनाउँ । आवश्यक परे संसोधन गरौँ ।’
कानुन जस्तो कुरा एकदमै संवेदनशिल भएको भन्दै मन्त्री भण्डारीले सरकारले निमार्ण गरेका कानुन जनताको माझ लगेर जनता र सरोकारवालाहरु बिच छलफल गर्नु पर्ने बताए ।
छलफलमा उच्च अदालतका मुख्य न्यायधिस कुमार चुडालले फौजदारी संहिताले अनुसन्धान कार्य, प्रशिक्षकहरुलाई सहज भएको भन्दै न्यायधिस चुडालले केहि जटिलताहरु भएपनि सबै मिलेर समाधान गर्नु पर्ने बताए ।
यस्तै कर्णाली प्रदेशका मख्य न्यायाधिस विद्याभूषण मानन्धरले कानुन कार्यान्वयन गर्ने कुरामा सहज नहुने भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट इमान्दारीताका साथ लाग्नुपर्ने बताए । साथै उनले सरोकारवाला र नागरिकको बिचका व्यापक छलफल गरेर कानुनको बारेमा प्रचार प्रचार गर्नु आवश्यक रहेको बताए ।
छलफलमा कर्णाली प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि पूर्णचन्द्र जोशीले कानुन कार्यान्यनमा सबैको साथ सहयोग अनुरुप अघि बढ्ने बताए । छलफलमा अन्य सहभागिहरुले कानुनको कुरा आम जनमानसमा जानकारी फैलाउन आवश्य रहेको बताएका थिए आजको काँक्रेविहार दैनिकमा समाचार छ ।






