गौहत्या प्रकरण
प्रहरीले गौहत्या प्रकरणमा छानविनका लागि दुई जनालाई प्रहरीले पक्राय गरेको छ । यसरी पक्राउ पर्नेमा नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विकी भनिने सत्रिप्तसिंह श्रेष्ठलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।
बोगटी र श्रेष्ठलाई बाँके प्रहरीको समन्वयमा सुर्खेत प्रहरीको टोली पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले जानकारी दिएका छन् । पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अनुसन्धान अघि बढाएको एपी रजौरेको भनाई छ ।
सुर्खेतमा भएको गौहत्याको विषयमा छानविन गर्नका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिले अहिले स्थलगत अध्ययन गरिरहेको छ ।
दैलेख जिल्ला समन्वय समितिले बनाएको चिठी नै नक्कली भएको भन्दै व्यापक विरोध भइरहेको छ ।
गौहत्याका विषयमा सत्य तथ्य पत्ता लगाई दोषिलाई कारवाही गर्नु पर्ने माग जोडदार रुपमा उठिरहेका बेला यता प्रहरीले २ जनालाई पक्राउ गरि अनुसन्धान बढाउनुलाई सकारात्मक रुपमा लिइएको छ ।
हिन्दुहरुको आस्थामाथि नै ठेस पुग्ने र देशको राष्ट्रिय जनावरलाई नै सामुहिक रुपमा यो वा त्यो बहानामा हत्या गरिनु अक्षम्य अपराध भएको सरोकारवालाहरुले बताउँदै आएका छन् ।






