Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

प्रदेशकै सफा वडाको रुपमा विकसित हुदैं वी.न..पा. ६

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानीको मुटुमा रहेको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ सफा नगर बनाउने कार्यमा तम्सिएको छ । नगरपालिकाको मात्र नभई राजधानीकै प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको वडा नं. ६ मा जनघनत्व निकै बढिरहेको कारण फोहोर व्यवस्थापनमा थप चुनौतिहरु थपिदै गएको छ । तथापी ती चुनौतिहरुका बीचमा संघर्ष गरेर भएपनि ६ नं. वडालाई प्रदेशकै सफा वडाको रुपमा विकसित गर्न लागिएको वडा नं. ६ का वडा अध्यक्ष मोति प्रसाद कंडेलले बताए ।
कुनै पनि क्षेत्रमा देखिने गरि विकास गर्नका लागि समय लाग्ने बताउँदै वडा अध्यक्ष कंडेलले भने, ‘हामी भौतिक रुपमा निर्माण भएका संरचनालाई मात्र विकास देख्छौ । तर चेतनात्मक विकासका लागि सबै पक्षको स्तर उठ्न आवश्यक छ ।’ उनले थपे, ‘चेतनाको विकास भएसँगै फोहोर व्यवस्थापनमा सहजता आउँछ ।
वडा अध्यक्ष कंडेलले भने, ‘हामीले सफा नगर बनाउने कार्यका लागि प्रत्येक टोल विकास समितिहरुलाई भनिसकेका छौ भने आज (शनिबार) देखि यसको शुरुवात गरिसकेका छौ ।’ वढा अध्यक्ष कंडेलका अनुसार प्रत्येक टोलहरुलाई नमुनाको रुपमा सरसफाइ गर्दै वडा नै पूर्ण सरसफाइ बनाउँछौ । त्यसपछि अनियन्त्रित रुपमा फोहोर गर्नेहरुलाई दण्ड जरिवाना गर्ने तयारी भइरहेको छ । शनिबार वीरेन्द्रनगरको पिपल चौतारीदेखि पुरानो अस्पताल जाने बाटोमा नेपाल प्रहरी, टोल विकास समितिका पदाधिकारी, वडा कार्यालयका जनप्रतिनिधि, स्थानीय वासिन्दाहरु, विद्यार्थीहरु तथा कर्मचारीहरुको सहभागीतामा सरसफाइ गरिएको छ ।
अरुले हाम्रो फोहोर सफा गरि देला भन्नु भन्दा पनि आफैले आफ्नो फोहोरलाई व्यवस्थापन गर्ने तर्फ लाग्न नगरवासीलाई अनुरोध गर्दै वडा सदस्य उपेन्द्र खड्काले भने, ‘अब अरुको भर पर्ने समय गइसक्यो ।’
सरसफाइ नै स्वास्थ्यको प्रमुख आधार भएको बताउँदै वडा नं. ६ का वडा सचिव उत्तम अधिकारीले वीरेन्द्रनगरको ६ नं. वडाबाट अरु वडाहरुलाई पनि सिकाइ गर्ने तरिकाले काम गर्न थालिएको बताए । उनका अनुसार वीरेन्द्रनगरका अन्य वडाहरु भन्दा ६ नं. वडामा चुनौति भएपनि त्यही चुनौतिलाई चिरेर अगाडि बढ्ने वडा कार्यालयको योजनाका साथ प्रत्येक टोललाई नमुना टोलको रुपमा विकास गरेर अगाडि बढे नगर अवश्व सफा हुनेछ ।
घर–घर सफा बनाउने योजनाका साथ टोल विकासका प्रत्येक नागरिकहरु सम्वाद गर्ने योजना अनुसार अघि बढिरहेकोले पनि टोलको सरसफाइमा सफलता हात पर्नेमा विश्वस्त रहेको बताउँछन् वडा कार्यालयका कम्प्यूटर सहायक रेखा केसी । वर्षातको समयमा ल्याण्डफिल साइडमा समेत केही समस्या रहेकोले समयमा फोहोर उठ्न नसकेको गुनासो आए पनि अबका दिनमा त्यस्ता गुनासाहरु आउनै नदिने गरि काम गरिरहेको केसीको भनाई थियो । वडा नंं ६ को प्रगति नगर टोल विकास समितिले कौशी खेती गरेर फोहोर व्यवस्थापनमा केही सहजता ल्याएको छ । प्रत्येक नागरिकले कौशी खेती गर्ने हो भने त्यसका लागि आवश्यक अर्गानिक मल उत्पादनका लागि कुहिने फोहोर नै प्रयोग गर्न सकिने भएकोले दोहोरो फाइदा लिन सकिने कम्प्यूटर सहायक केसीको भनाई थियो ।
सफा नगर र सुन्दर नगरको योजनालाई साकार दिनका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै फोहोर व्यवस्थापनलाई पूर्ण रुपमा सफल बनाउनका लागि सबै सचेत बन्नु पर्ने बताउँछन् यही भदौदेखि फोहोर व्यवस्थापनको जिम्मा लिएका जियाना सप्लायर्सका निरञ्जन केसी । आफ्नो घरबाट निस्केको फोहोरलाई कु्हिने र नकुहिने छुट्याएर राखिदिन र फोहोर संकलकहरु आएको समयमा गाडिसम्म पु¥याउन सहयोग गरि दिन नगरवासीलाई उनले अनुरोध समेत गरेका छन् ।