Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारी आन्दोलनमा

सुर्खेत ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । श्रमिक टे«ड युनियनले कर्मचारीहरुका हक हितका विभिन्न मागहरु राखेर आन्दोलन सुरु गरेपछि उपभोक्ताहरु भने मर्कामा परेका छन् ।

खानेपानी कार्यालयमा पानीको महसुल तिर्न आएकाहरु कार्यालय बन्द भएका कारण मर्कामा परेका हुन् । कर्मचारीहरुले आन्दोलन गरेका छन् कार्यालय बन्द छ । पानीमको महसुल बु्झाउन एक दिन ढिला भएमा जरिवाना लिने गर्छन तर हामी महसुल बुझाउन आउँदा आन्दोलनको नाममा कार्यालय बन्द गर्छन । निकै भन्दा ठूलो अनियमितता अरु के होला एक उपभोक्ताले भने । आफ्ना मागहरु पूरा गर्नका लागि आन्दोलन गर्ने फरक तरिकाहरु अपनाउन उपभोक्ताहरुले उनीहरुलाई सुझाएका छन् । खानेपानी जस्तो अति संवेदनशील विषयमा पनि सरोकारवालाहरु गम्भीर हुन नसक्नु गैरजिम्मेवारी हुनु भएको उपभोक्ताहरुको भनाई छ ।
आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आफ्ना मागहरु पूरा नभए खानेपानीका धारा नै बन्द गर्ने चेतावनी दिएका छन् । कार्यालय प्रमुखले कर्मचारीको हित विपरित कार्य गरेको भन्दै उनलाई बर्खातीको समेत माग गरेका छन् । केही समय अघि मात्र अध्यक्षले कार्यालय प्रमुखलाई हटाइ अर्का कर्मचारीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएका थिए । त्यसपछि कार्यालय प्रमुख डम्बर गौतम अदालत गएपछि अदालतले उनलाई नै कार्यालय प्रमुख बनाउनु पर्ने आदेश दिएको थियो ।
खानेपानी कार्यालयमा भएको कर्मचारीको आन्दोलन राजनीतिक आग्रह र पूर्वाग्रहसँग जोडिएको विश्लेषण भइरहेको छ । केही स्किमहरुका विरुद्धमा समेत नारावाजी भएका छन् ।
गत साउन २३ गते सकिएको स्किम पदाधिकारीहरुको निर्वाचन र यही भाद्र २७ गते सकिएको मूल समितिको निर्वाचनको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । खानेपानीमा भएका विभिन्न घटनाक्रमहरुलाई विश्लेषण गर्ने हो भने खानेपानीमा संस्थागत विकासका लागि भन्दा पनि राजनीतिक आस्थाका कारण भाँडमैलो मच्चिएको छ ।