नेपालमै पहिलाे पटक
सुर्खेत ।
पछिल्लो समयमा बैंकहरुले एक पछि अर्को सेवा थप गर्दै आइरहेका छन् । जस अन्तर्गत सिभिल बैंकले ल्यायो एन्यूटी डिपोजिट योजना ल्याएको छ । सिभिल बैंकका कर्णाली प्रदेश प्रमुख शैलेश कार्कीका अनुसार नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट योजना सिभिल बैंक लिमिटेडले ल्याएको छ ।
भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचत कर्ताका लागि बचत र मुद्दतीको समायोजन गरि बनाइएको निक्षेप योजना नै एन्यूटी डिपोजिट रहेको प्रमुख कार्कीले बताए । वीरेन्द्रनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘बचत कर्ताले निश्चित अवधि तोकि समान मासिक किस्ता बैंकमा डिपोजिट गर्नु पर्दछ र इच्छाइएको रकम सो अवधि पूरा भएपछि एकमुष्ट प्राप्त गर्न सकिन्छ ।’
यसको अर्को विशेषता भनेको एन्यूटीको खाताको ब्याजदर भने खाता अवधिभर स्थिर रहने छ । न्यूनतम १ हजारदेखि शुरु गर्न सकिने यो योजनाको निक्षेप संस्थागत वा व्यक्तिगत दुबैले संचालन गर्न सकिने छ भने अर्को तर्फ १ देखि ७ वर्षसम्मका लागि यो निक्षेप गर्न सकिने बताइएको छ ।
यो योजनाले बचतकर्ताले इच्छाइएको रकम अन्त्यमा एकमुष्ठ रकम प्राप्त गर्ने उनले बताए । योजनामा खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने भन्दै न्युनतम् मौज्दात एक हजार हुनु पर्ने प्रमुख कार्कीले बताए । यो योजना अन्तर्गत एकदेखि सात वर्षसम्म बचतकर्ताले मासिक रुपमा खातामा निश्चित रकम हाल्नु पर्ने व्यवस्था रहेको छ ।
ग्राहकको इच्छा अनुसार एक भन्दा बढि खाताहरु समेत खोल्न सकिने छ । कार्कीले भने, ‘आवश्यक परेको खण्डमा आफ्नो डिपोजिट रकमको ६० प्रतिशतसम्म ऋण पाउने सुविधा पनि छ ।’ यस योजनाको अर्को सरलता भनेको तीन महिना भन्दा पछि निपेक्ष बचत गर्न नसक्ने अवस्थाको सिर्जना भएमा यसलाई बन्द गर्न सकिने प्रावधान पनि छ ।
पत्रकार सम्मेलनमा बताइए अनुसार प्रत्येक अंग्रेजी महिनाको १ तारिखदेखि २८ ताखिर भित्रमा निक्षेप जम्मा गर्नुपर्नेछ । यसरी बचत निक्षेपमा ९.७५ प्रतिशतसम्म व्याज उपलब्ध गराइने छ । यस योजनामा समावेश हुनका लागि मासिक रुपमा नियमित आम्दानीको स्रोत भएको व्यक्ति वा संस्थामा भएमा सहज हुने बताइएको छ ।






