गैसस कर्णाली प्रदेश अध्यक्षमा अधिकारी
सुर्खेत ।
लामो समयदेखि सामाजिक सेवा सक्रिय हरिप्रसाद अधिकारी गैर सरकारी संस्था महासङ कर्णाली प्रदेशको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सम्पन्न भएको दोस्रो साधारणसभाले रिक्त रहेको अध्यक्ष पदमा हरिप्रसाद अधिकारीलाई सर्बसम्मत रुपमा चयन गरेको हो ।
यसैगरी सचिवमा चन्द्रप्रसाद शर्मा, उपसचिवमा हरिप्रसाद शर्मा चयन भएका छन् । साधारणसभाले रामबिक्रम शाह, खड्कबहादुर दमाई र यज्ञ बिकलाई समेत सदस्यमा चयन गरेको छ ।

सभाले गैससको प्रोफाइल बनाउने, जिल्ला शाखाको क्षमता विकास गर्ने, कर्णाली प्रदेशका स्थानीय तहमा समन्वय समिति मंसिरभित्र गरिसक्नुका साथै महासंघको प्रदेशस्तरमा जिल्ला घुम्ती बैठक गर्ने निर्णय समेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सचिब डिल्लुप्रसाद घिमिरे विशेष अतिथिहरु केन्द्रीय सदस्य, दिपेन्द्र डिसी, प्रदेश इन्चार्ज खिमबहादुर शाही, सहइन्चार्ज कृष्णकला शाही लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।






