Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

वडा नं. ६ ले ग¥यो ज्येष्ठ नागरिकलाई सम्मान

सुर्खेत ।
ज्येष्ठ नागरिकहरुलाई घर, समाज, टोलसँगै राज्यले पनि सम्मान गर्नु पर्ने बताइएको छ । ‘उमेरको कारण विभेद अन्त्यको यात्रा’ भन्ने मूल नाराका साथ मनाइएको २९ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को आयोजनामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले यस्तो बताएका हुन् । उनले भने, ‘ज्येष्ठ नागरिकलाई परिवारले माया गर्ने हो भने समाजले सम्मान गर्छ ।’ ज्येष्ठ नागरिक दिवसकै अवसर पारेर आयोजना गरिएको यस कार्यले आफूलाई खुसी लागेको बताउँदै नगर प्रमुख सुवेदीले ज्येष्ठ नागरिक भनेका जिउँदो भगवान भएको बताए ।


वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिप्रसाद कंडेलले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमले उनीहरुको आत्मबल बढ्ने विश्वास व्यक्त गर्दै उनीहरुलाई सबैले सधैँ माया गर्नुपर्ने बताए । वडा कार्यालयले गरेको सम्मानले ज्येष्ठ नागरिकहरु खुसी भएका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, जिल्ला समन्वय समितिका सदस्य पूर्णाकुमारी चालिसे, ६ नं. वडाका सचिव उत्तम अधिकारी, सदस्यहरु उपेन्द्र खड्का, कमला नेपाली, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण सामाजिक परिचालक रेखा केसीले गरेकी थिइन ।