Loading... आजः १८ आश्विन २०८३, आईतवार । Sunday 4th October 2026

सुर्खेतमा देउसी भैलो ९ बजेसम्म मात्र

सुर्खेत ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम साँझ ९ बजेसम्म मात्र खेल्न पाइने जनाएको छ । नेपालीहरुको महान चाड तिहार २०७६ को अवसरमा रातको समयमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमहरु गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प््रतिकूल असर पु¥याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरि देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रम राती ९ बजेभन्दा पछि नगर्न नगराउन सबैलाई अनुरोध गरेको छ ।

साथै तिहार र छठ जस्ता पर्वको अवसरमा भुइचम्पा, पटाका र अतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्न जाने, चोट पटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुन सक्ने भएकोले त्यस्ता विष्फोटक पदार्थहरुको उत्पादन, आयात, निर्यात, विक्री वितरण, ओसार पसार तथा प्रयोग नगर्न र गर्न नदिनसमेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुरोध गरेको छ । यदि कसैले अवैधानिक गलत कार्य गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासन कार्यालयले जनाएको छ ।

यसैगरि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी दिल्लीराज पन्तले ९ बजेपछि देउसी भैलो खेल्न बन्द गराउने र अटेरी गर्नेहरुलाई कानून बमोजिम कारवाही गर्ने बताए ।