Loading... आजः १६ आश्विन २०८३, शुक्रबार । Friday 2nd October 2026

राजनीतिज्ञ एवं समाजसेवी ओमबहादुर जिसीको निधन

सुर्खेत
सुर्खेतका प्रतिष्ठित राजनीतिज्ञ एवं समाजसेवी ओमबहादुर जिसीको निधन भएको छ । ७४ वर्षीय जिसीको शनिबार बेलुका सुर्खेतको वीरेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको हो ।

Image may contain: 1 person, standing

केही समययता स्वास्थोउपचारमा रहेका जिसीको निधन भएको परिवारले जनाएको छ । राप्रपाका केन्द्रिय सदस्य मुकुन्दश्याम गिरीले भन्नुभयो, ‘उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्नथ्यो, अब हामी माझँ रहनुभएन ।’

तत्कालीन जिल्ला पञ्चायत सुर्खेतका सभापति एवं सुपरिचित समाजसेवी जिसीले लामो समय पब्लिक हाईस्कुल (हाल जनमावि) को शिक्षक तथा विद्यालय सञ्चालन समितिको अध्यक्ष भएर पनि काम गरेका थिए । जिसी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यसमेत भएका थिए । जिसीको निधनले सुर्खेतले एक राजनीतिज्ञ एवं सुपरिचत समाजसेवी गुमाएको छ ।
जिसीको पार्थिव शरिरमा राप्रपा सुर्खेतका अध्यक्ष मान बहादुर खड्का र केन्द्रीय सदस्य मुकुन्दश्याम गिरीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । आजै उहाँको हिन्दु परम्परा अनुसार स्थानीय भेरी नदी किनारमा दाहसंस्कार गरियो ।