Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

ओखती मासिक विमोचित

सुर्खेत

सुर्खेतको सिम्ताबाट प्रकाशन हुने “अाेखति” मासिक पत्रीकाको हिजो शनिबार एक कार्यक्रमका बिच बिमोचन  गरिएको छ ।

Image may contain: 5 people, including Bishnu Mahatara, people smiling, people standing

सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के सि.ले पत्रीका विमाेचन गर्दै सिम्ताका हुने खाने भन्दा हुदा खानेहरुकाे अावाज वकालत गर्न याे पत्रीका सहयोगिबन्न शुभकामना दिनुभएको छ । समाजका तल्लो तप्काकाका गरिव नागरिक पिछडिएको क्षेत्रका अावाज बाहिर ल्याउन र सिम्ताकाे सम्वृद्दिमा सहयोगीपुर्ण काम गर्ने अाशा राख्नु भएको छ ।पत्रीका विमाेचन समारोहका प्रमुख अतिथिका रुपमा समेत रहनु भएका गाउँपालिका अध्यक्ष के सि.ले ढिलै भए पनि सञ्चारकाे एक इट्टा थपिएको वताउनु भएको छ ।

Image may contain: 4 people, people standing

“अाेखति “मासिक पत्रीका विमाेचन कार्यक्रम ने क पा जिल्ला सदस्य ऎनवहादुर चन्द,नेपाली काँग्रेसका माेहन राना,क्याम्पस प्रमुख वकिल वस्नेत,न्यायिक समिति सदस्य नेत्रलाल महतरा,गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहि लागाएतका महानुभावले शुभकामना मन्तव्य राख्नु भएको थियोे । अाेखति पत्रीकाका प्रकाशक गगन सिं ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सम्पादक विष्णु कुमार महतराले गर्नु भएको थियो ।सिम्ताकाे अाफ्नै गाउँ ठाउँ बाट पत्रीका प्रकाशन भए पछि स्थानीय वासि, स्थानीय वुद्दिजिवि,व्यापारी विभिन्न संघ सस्था र निकायका व्यक्तिहरु खुसि वनेका छन् । याे पत्रीकाले सिम्ताकाे सञ्चारलाइ उजागर गर्ने अाशा राखिएको छ ।

Image may contain: 6 people, people sitting