नेकपाले प्रदेश प्रमुखका लागि सिफारिस गर्यो ७ जनाको नाम
काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।
उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने बैठकपछि नेकपा महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेपछि सातवटै प्रदेशमा सो पद रिक्त थियो ।
यी हुन्, प्रदेशका नयाँ प्रमुखका लागि सिफारिसमा परेका नाम :
– अमिक शेरचन
– सोमनाथ प्यासी
– तिलक परियार
– विष्णु प्रसाईं
– धर्मनाथ यादव
– शर्मिला त्रिपाठी
– गोविन्द कलौनी






