Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

मुख्यमन्त्रीको पहलमा कालीकोटकी रत्ना शाहीको उद्धार 

सुर्खेत ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा कालिकोटकी रत्ना शाहीको उद्धार भएको छ । सुत्केरी व्यथाले सिकिस्त शाहीको थप उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरवाट उद्धार गरिएको हो ।

३ दिनदेखि सुत्केरी व्यथा लागेकी रास्कोट नगरपालिका वडा नं. १ छिपखाना निवासी शाही सहज सुत्केरी हुन नसकी खतराको लक्षण देखिएपछि उद्धार गरिए मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले जानकारी दिनुभयो । मुख्यमन्त्रीको पहलमा उद्धार गरिएकी शाहीको थप उपचार प्रदेश अस्पत्ताल सुर्खेतमा गरिने वताईएको छ ।

यस पनि कर्णाली प्रदेश सरकारको पहलमा धेरै महिलाहरुको उद्दार भएको छ । सुत्केरी हुन नसकि ज्यान गुमाउनु पर्ने पीडाबाट आक्रान्त बनेका कर्णालीका महिलाहरुलाई प्रदेश सरकारको पहलमा उद्दार गर्न थालेपछि कर्णालीका महिलाहरु सन्तुष्ट हुने गरेका छन् ।