Loading... आजः २८ श्रावण २०८३, बिहीबार । Thursday 13th August 2026

कृषि क्याम्पस सञ्चालनका लागि धार्मिक महांयज्ञ

सुर्खेत  ।

सुर्खेतको पश्चिम चौकुनेमा ‘प्राविधिक शिक्षाको पूर्वाधार, समृद्ध चौकुनेको आधार’ भन्ने मूल नाराका साथ चौकुने गाउँपालिका ८ गुटुमा कृषि तथा वन विज्ञान संकायको क्याम्पस संचालनका लागी धार्मिक महांयज्ञ संचालन गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले शुक्रवार महांयज्ञको औपचारिकरुपमा उद्घाटन गरेका हुन् । वन, जंगल, जमीन, पानी र खानीको एकदमै राम्रो सम्भावना बोकेको चौकुनेमा कृषिको प्रचुर सम्भाव्यता भएकोले यो क्याम्पसको स्थापना गर्न लागेका कर्णाली कृषि तथा वन विज्ञान क्याम्पस संचालन समितिका अध्क्षय मोहोन सिंह बडुवालले बताए ।

कृषि तथा वन विज्ञान संकाय अनुमतिका लागि विश्व विद्यालय सिनेटबाट निर्णय पास भईसकेकोले महांयज्ञबाट उठेको सहयोग रकम र अन्य संघ संस्था संग समन्वय गरी पुर्वाधारका कार्यहरु छिटो भन्दा छिटो निर्माण् गारिने उनले जानकारी दिए । महांयज्ञमा ३० लाख बराबरको खर्च र ५ करोड बराब।को आम्दानी हुने आयोजकको अनुमान छ । शुक्रवार पनि केहि दान उठेको छ भने क्याम्पस निर्माणका लागी स्थानीय वनबाट यसभन्दा पहिले नै ४० बिगाह जग्गा प्राप्त भइसकेको छ ।

चौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहिले गाउँपािलकामा धेरै सम्भावना भएपनि दक्षजनशक्ति नहुँदा समस्या भएको बताए । ‘हाम्रो गाउँपालिकामा सम्भावना भएर मात्र के गर्नु काम गर्नका लागि जनशक्ति पनि बाहिरबाटै ल्याउनुपर्छ, त्यसैले पहिलो गाउँसभा बाटै निर्णय तोस्रामा वनविज्ञान र गटुमा कृषि क्याम्पस संचालन गर्ने निर्णय गरेका हौं ।’ अध्यक्ष शाहीले भने, हामी आर्गनिक कृषिमा प्रदेशकै नमुना गाउँपालिका बनाउने प्रयासमा छौं । यस्तै कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य बिन्दमान बिष्ट। नेकपाका नेता नरबहादुर बिष्ट, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी, नेपाली काँग्रेसका गजराज जोशी, नेकपाका खड्क विक, मनबहादुर विक,गंगाराम विक लगायतले मन्तव्य राखेका थिए ।

आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार ः मन्त्री रावल कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कृर्षि क्याम्पसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘कर्णाली प्रदेश सरकारले शिक्षामा लिएको लक्ष्यलाई चौकुने गाउँपालिकाले सपोर्ट गर्दै प्राविधिक शिक्षाको माध्यम बाट दक्ष जनशक्ति उत्पादन गर्ने अठोट उदाहरणीय छ ।’ उनले भने, यो अभियानमा प्रदेश सरकारबाट पुरै सहयोग हुने छ । प्रदेश सरकारले शिक्षामा लगानी गर्नका लागि विभिन्न डिजाइन मार्फत कार्यक्रमहरु ल्याएको मन्त्री रावलले जानकारी दिए ।