छेडा – बेनिघाट सडक जोडिने : सांसद रावत
सुर्खेत
सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सांसद नवराज रावतले छेडा – बेनीघाट सडक जोडिने बताएका छन । शुक्रवार वीरेन्द्रनगर १४ गढीमा निर्माण भएको स्वास्थ्य चौकीे भवनको उद्धघाटनमा बोल्दै सांसद रावतले यस्तो बताएका हुन । आफुले केन्द्र सरकार संग बारम्बार सुर्खेतको छेडा देखि डोटि र सुर्खेतको सिमाना बेनिघाट सम्म पर्यटकीय सडक निर्माणका लागि पहल गरी आफ्नै कार्यकाल भित्र उक्त सडकको काम सक्ने प्रतिवद्धता व्यक्त गरे ।

‘स्वास्थय चौकीले स्थानीय जनताको स्वास्थ्यमा प्रत्यक्षफाइदा पु¥याई ृनीहरुको हक अधिकार सुनश्चित गर्नमा सहयोग पुग्नेछ ।’ उनले भने,उसले यो गर्यौ त्यो गर्यो भन्नु पर्दा पनि विकास गर्नु नै महत्वपुर्ण कुरा होृ । यस्तै यस्तै यो वर्ष सांसद विकास कोष अन्तरगत वीरेन्द्रनगरमा २ करोड ६५ लाख बजेट छुटाएको जानकारी दिंदै उनले गढीमा खानेपानी समस्या समाधानका लागि लिफ्ट प्रविधि मार्फतसमस्या समाधान गरिने बताए ।
वीरेन्द्रनगर नगरपालीकाका नगर प्रमुख देव कुमार सुवेदीले बारम्बार आफु आउँदा स्वास्थ्य चौकीमा सेवा लिने र दिने दुबै नदेखिएकाले यसमा सबैले ध्यान पु¥याउनुपर्ने बताए । यसरी जनताको स्वास्थ्य माथि खेलवाड गरे नगरपालिकाले आवश्यक कारवाही गर्ने समेत चेतावनी दिए ।






