Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

कर्णालीमा प्रेस स्वतन्त्रता विरुद्धका घटना बढ्दो

सुर्खेत

कर्णाली प्रदेशमा प्रेस स्वतन्त्रता विरुद्धका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको छ । फ्रिडम फोरमले गरेको अध्ययन अनुसार प्रेस स्वतन्त्रता विरुद्ध हुने घटनाहरु बढेको पाइएको हो । संस्थाले गरेको अध्ययन अनुसार सन् २०१८ मा कर्णाली प्रदेशमा तीन वटा प्रेस स्वतन्त्रता विरुद्धका घटना घटेका थिए भने देशभर ९७ वटा घटनाहरु घटेका छन् । त्यसगरी अघिल्लो वर्ष दुई सय १७ जना पत्रकार माथि आक्रमणका घटनाहरु घटेका छन् । जसमा २६ जना महिला पत्रकारमाथि आक्रमण भएको छ ।


त्यसैगरी सन् २०१९ मा यसको संख्या बढेर ६ वटा घटना पुगेको छ । यस वर्ष एक सय ७६ जना पत्रकार माथि आक्रमणको घटना घटेका छन् । जसमा १० जना पत्रकार महिला रहेको फ्रिडम फोरमका महासचिव ध्रर्मेन्द्र झाले बताउनुभयो । फ्रिडम फोरम नेपालले सोमवार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहिनता विषयक कार्यक्रममा पत्रकार विरुद्ध घटेका घटनाहरु प्रस्तुत गर्दै प्रेस विरुद्ध हुने दण्डहिनताका घटनाहरु बढ्दो क्रममा रहेको बताउनुभयो । उहाँले पत्रकार विरुद्ध हुने घटना अन्तयको लागि सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । त्यसैगरी पत्रकारहरु स्वयंमले पनि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।