सल्यानको कुमाख ५ मा नेकपाका धर्मे बुढाथोकी विजयी
सल्यान ।
सल्यानको कुमाख गाउपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा नेकपाका धर्मे बुढाथोकी निर्वाचित भएका छन।
सनिवार सम्पन्न उपनिर्वाचनमा ७ सय ९२ मत ल्यायर ५८ वार्षिय बुढाथोकी निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ।
उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका खडक बहादुर बोहराले २ सय ५१ मत र राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन् । जसमा ६० मत बदर भएको मुख्य निर्वाचनको कार्यालय सल्यानले जनाएको छ ।
उपनिर्वाचन भएको उक्त वडामा १ हजार ८ सय ३९ मतदाता रहेका छन् ।कुल मतदाताको ६१ दशमलब १२ प्रतिशत मत खसेको उक्त वडामा १ हजार १ सय २४ मत खसेको बताएको छ।
उक्त वडाको सरस्वती माध्यमिक विद्यालय झारकाँडामा रहेको मतदान स्थलको ९क ०केन्द्रमा पुरुष २ सय ८१ र महिला ३ सय १२ गरेर जम्मा ५ सय ९३ र९ ख० मतदान केन्द्रमा पुरुष २ सय ४३ र महिला २ सय ८८ गरेर जम्मा ५ सय ३१ मत खसेको हो।






