Loading... आजः १२ बैशाख २०८३, शनिबार । Saturday 25th April 2026
ताजा खबर
  

प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव भाेलिबाट

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नविनतम् प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सव २०७६ सुरु हुँदैछ । आर्थिक समृद्धिका लागि कर्णालीमा उद्योग खोलौं, औद्योगिकरणमा सबै जुटौं भन्ने मूल नाराका साथ सुरु हुन लागेको उक्त महोत्सव कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यही पौषको १० गतेससम्म संचालन हुने महोत्सव नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले आयोजना गरेको हो भने सहआयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ रहेको छ भने प्रवद्र्धकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रम रहेको छ ।

कृषि विकास निर्देशनालय कर्णाली प्रदेश, उद्योग तथा उपभोक्रा हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश, हिमाल फर्निचर उद्योग वीरेन्द्रनगर, भेरी राप्ती प्राविधिक शिक्षालय वीरेन्द्रनगरले सहकार्य गरिरहेका छन् ।

प्रयोजकको रुपमा हिमालयन कर्नर रहेको आयोजकले जनाएको छ । महोत्सवमा कर्णाली प्रदेशको उत्कृष्ट संस्कृति देउडा गित प्रतियोगिता, खुल्ला डबल व्याटमिन्टन प्रतियोगिता, कर्णाली प्रदेशका अर्गानिक तथा रैथाने बालीका परिकारहरु, कर्णाली प्रदेशका कृषि तथा अर्गा्निक उत्पादनहरुको बृहत प्रदर्शनी, घरेलु तथा साना उद्यमीहरुद्धारा उत्पादित बस्तुहरुको बृहत प्रदर्शनी, महिला उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रदर्शनी, कर्णाली प्रदेशका पर्यटकिय गन्तव्यहरुको फोटो तथा भिडियो प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कलासंस्कृति झल्कीने मौलिक झाँकी तथा ¥याली प्रदर्शनीका साथै उद्योगमैत्री नविनतम् प्रविधि प्रदर्शनी रहने आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सवका संयोजक चन्द्र बहादुर बिसीले बताए ।