Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सुर्खेतमा चालक अनुमति पत्र (लाइसेन्स) बितरण सुरु

सुर्खेत,
कर्णाली प्रदेशको सुर्खेतमा पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण सुर्खेतबाटै गरीने भएको छ । यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्न अनुमति दिएको करीब एक बर्ष पछि आइतबारदेखी फर्म खुला गरिएको हो ।

Image result for driving license nepal

यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन कर्णाली अञ्चल कार्यालय वा भेरी अञ्चल कार्यालय नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो । सुर्खेतबाटै लाइसेन्स वितरण हुनेभएपछि सय बढीले अनलाइनमार्फत फर्म भरेर परीक्षा कहाँ हुन्छ भनेर सोध्ने गरेकोे कार्यालय स्रोतले जानकारी दिएको छ ।

Image may contain: 5 people, people sitting and indoor

तर यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले भने सिस्टमा केहि समस्या देखाएपनि आफूहरु समाधानका लागि जुटेको बताए । ‘विभागले जारी गरेको लाइसेन्स वितरण फर्ममा सुर्खेत देखाएको छ’ चपाईले भने, ‘कार्यालयमा केही व्यवस्थापन गर्ने क्रममा चलिरहेकाले यसबारे थप अहिले नै भन्न मिल्दैन् ।’ सोमबार मात्रैनयाँ लाइसेन्स वितरण बारे कार्यालयले जानकारी दिने चपाईले बताए ।

प्राविधिकतर्फका कर्मचारी नहुँदा समयमै नयाँ लाइसेन्स वितरण गर्न नसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताउँदै आएको थियो । मन्त्रालयले सेवा करारमा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरणको काम अघि बढाइएको हो ।