Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु

काठमाडौँ,

नेपाल– प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषद्को संयुक्त आयोजनमा ‘राष्ट्रिय गजल महोत्सव २०७६’ शुरु भएको छ । दुई दिनसम्म चल्ने महोत्सवमा देशभरका गजलकाहरुको सहभागिता रहेको छ । महोत्सवमा गजलकारहरुले  गजल  तथा गीति गजल प्रस्तुत गर्नेछन् ।

Image may contain: one or more people

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गजलप्रतिको आकर्षण बढ्दै गएकाले पहिलोपटक राष्ट्रियस्तरको गजल महोत्सवको अयोजना गरिएको बताउनुभयो । “देश, विकास र समृद्धिको दिशामा अग्रसर बनिरहेको छ”, उहाँले भन्नुभयो, “सहित्यकारहरु निराशा र कुण्ठालाई पन्छाएर सकारात्मक सोचका साथ समग्र रुपान्तरणको अभियानमा अग्रसर हुनुपर्छ ।”

उहाँले मुलुकको परिवर्तनमा कला, साहित्य क्षेत्रले पु¥याएको योगदानलाई आत्मसात् गर्दै वाङ्गमय क्षेत्रको विकासका लागि राज्यले ठोस योजना निर्माण गर्ने बताउनुभयो । गजल साहित्यको विकासका लागि प्रतिष्ठानले काम गर्न शुरु गरेको भन्दै उप्रेतीले गजल साहित्यलाई प्रवद्र्धन गर्न खोजिएको बताउनुभयो । “नेपालको धर्म, संस्कृति, भाषा र साहित्यलाई अनुवादको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्सम्म पु¥याउन विभिन्न देशसँग समन्वय र छलफल गर्ने कार्यको शुरुआत गरिएको छ”, उहाँले भन्नुभयो ।

Image may contain: one or more people and crowd

कार्यक्रम आयोजक समितिका संयोजक प्राध्यापक डा हेमनाथ पौडेलले महोत्सवले गजलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । उहाँले बहुलतामा रहेको मुलुकका सबै भाषा, संस्कृतिको संरक्षण सके समृद्धिको अभियानले साकार रुप लिने बताउनुभयो ।

युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युवा अवस्थामा विकास भएको साहित्यले पछि व्यक्तिलाई अब्वल साबित गर्ने बताउँदै युवा उमेरलाई सिर्जनशील र रचनात्मक बनाउनुपर्ने बताउनुभयो । “साहित्यले अव्यक्त पक्षलाई पनि व्यक्त गर्न मद्दत गर्दछ”, उहाँले भन्नुभयो, “साहित्यले सिङ्गो समाजलाई दिशानिर्देश गरेको हुन्छ ।”

प्रतिष्ठानका सदस्य–सचिव जगतप्रसाद उपाध्यायले प्रतिष्ठानलाई साहित्य प्रतिष्ठनको रुपमा हेरिए नि यो समग्र वाङ्मय प्रतिष्ठान रहेको बताउनुभयो । वरिष्ठ गजलकार बँुद रानाले युवाको ‘यु’को अर्थ युग र ‘वा’ को अर्थ वाहक भएको भन्दै युग वाहकका रुपमा रहेका जमातले समाज सुधार र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर उभिनुपर्ने बताउनुभयो ।

महोत्सवमा प्रत्येक प्रदेशका ५ जनाका दरले ३५ जना र ३० जना अरु गरेर ६५ जना र अन्य अगज गजलकारहरु गरेर करिब ८० जना गजलकारले गजल वाचन तथा गायन गरेका थिए ।

(रासस)