Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

दैलेखमा एक हप्ताका लागि सडक बन्द

दैलेख ।

दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकामा रहेको लोहोरे बेस्तडा सडक खण्डको मध्य पहाडी पुष्पलाल राजमार्ग एक हप्ताका लागि बन्द हुने भएको छ ।

शनिबार सुचना निकाल्दै पुष्पलाल (मध्य पहाडि) लोकमार्ग योजना कार्यलय दैलेखकाले बन्द गर्नुपर्ने जानकारी दिएको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत लोहोरे बेस्तडा मन्घर सडक खण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानको भिर काटि उक्त क्षेत्रको सडक चौडा गर्नुपर्ने भएको कारण मिति २०७६ माघ १८ गते देखि ०७६ माघ २४ गते सम्मको लागि राजमार्गमा चल्ने सवारी साधन आवत जावतमा पुर्ण रुपले बन्द गरिएको जानकारी दिएको छ ।

मध्य पहाडी राजमार्गमा पर्ने अन्य ठाउँमा सडक चौडा सकेको भए यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउँने कार्य रोकीएको थियो हाल यस क्षत्रमा पन छाँचको २५० मिटर भिड कटान गर्ने लागिएको कारण बाटो बन्द हुन पुगेको पुस्पलाल (मध्य पहाडि) राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख इन्जिनीयर नारायण प्रसाद न्युउरेले बताए ।

यस क्षेत्रमा भएको चट्टान काटनको लागि हाल ७ दिनको सुचना निकालेको र एकै चरणमा यो काम सक्नु पर्ने भएकाले यहाँका बासिन्दाहरुको हितको लागि समेत यो सडकले प्रत्यक्ष प्रभाव पर्ने भएकोले सडक निमार्ण कार्यको लागि सबैले सहयोग समेत गर्ने आग्रह गर्दै योजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शमाएले बताए । उनले भने ‘हामी सम्भव भएसम्म दिन रात काम गरेर पनि ७ दिनका काम सक्छौ यदि नसकीएको खण्डमा केही दिन थप बाटो बन्द गर्नुपर्ने स्थीति आयो भने यो समय भन्दा बढि बाटो बन्द गनुपर्ने हुन सक्छ यसको लागि सबै तिर पहल गरेका छौँ ।’

जाजरकोटको केही स्थान र भगवतिमाई गाउँपालिका बाट दैलेख तथा सुर्खेत आवत जावत समेत केहीदिन प्रभावित हुने भएको भएपनि विकासको लागि सबै जुटनुपर्ने स्थानियको भनाई छ । लोहोरे बेस्तडा सडक खण्ड केही मात्रमा पिच समेत भई सकेको र यो क्षेत्रमा पर्ने चट्टान काट्न सहज नभएकोले सवारी आवत जावत सेमेत बन्द गर्ने पर्ने भएको बताइएको छ ।